६५ वर्षको उमेरमा सञ्जय दत्तले गरे चौथो पटक बिहे

  • असोज २६, २०८१ | ५९१ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले फेरि विवाह गरेका छन् । अनलाइनमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता विवाहजस्तै समारोहमा हात बाँधेर विवाहको अनुष्ठान गरिरहेको देखिन्छन् । 

अभिनेताले आफ्नी पत्नी मान्यता दत्तसँग बिहेका वचन दोहोर्‍याइरहेका थिए । दुवैको विवाह भएको १६ वर्ष भइसकेको छ । अनलाइन शेयर गरिएको भिडियोमा सञ्जयले सुन्तला रङको कुर्ता र धोती लगाएका छन् । मान्यताले क्रिम रङको जोडा लगाएकी छिन् । रिपोर्टका अनुसार सञ्जय र मान्यताले गृह प्रवेशमा सात फेरा लिएका थिए । दत्त दम्पतीले हालै आफ्नो घर मर्मत गराएर सरेका थिए । 

मान्यता सञ्जयकी तेस्रो श्रीमती हुन् । उनीहरूले सन् २००८ मा बिहे गरेका थिए । यो जोडीले गोवामा विवाह गरेका थिए । मान्यता भन्दा पहिले सञ्जयको विवाह रिया पिल्लईसँग भएको थियो । उनी एयर होस्टेस र मोडल थिइन् । त्यसअघि उनको विवाह ऋचा शर्मासँग भएको थियो । यो जोडीको एउटी छोरी छिन्, त्रिशाला दत्त ।

सन् १९९६ मा ब्रेन ट्युमरका कारण ऋचाको मृत्यु भएको थियो । त्रिशाला मान्यतासँग एकदमै नजिक छिन् र उनीहरू प्रायः सँगै समय बिताउँछन् । त्रिशाला बाहेक, मान्यताका साथ सञ्जयका जुम्ल्याहा छोरा छोरी शाहरान र इक्रा छन् । 

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब