६५ वर्षको उमेरमा सञ्जय दत्तले गरे चौथो पटक बिहे

  • असोज २६, २०८१ | ६०६ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले फेरि विवाह गरेका छन् । अनलाइनमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता विवाहजस्तै समारोहमा हात बाँधेर विवाहको अनुष्ठान गरिरहेको देखिन्छन् । 

अभिनेताले आफ्नी पत्नी मान्यता दत्तसँग बिहेका वचन दोहोर्‍याइरहेका थिए । दुवैको विवाह भएको १६ वर्ष भइसकेको छ । अनलाइन शेयर गरिएको भिडियोमा सञ्जयले सुन्तला रङको कुर्ता र धोती लगाएका छन् । मान्यताले क्रिम रङको जोडा लगाएकी छिन् । रिपोर्टका अनुसार सञ्जय र मान्यताले गृह प्रवेशमा सात फेरा लिएका थिए । दत्त दम्पतीले हालै आफ्नो घर मर्मत गराएर सरेका थिए । 

मान्यता सञ्जयकी तेस्रो श्रीमती हुन् । उनीहरूले सन् २००८ मा बिहे गरेका थिए । यो जोडीले गोवामा विवाह गरेका थिए । मान्यता भन्दा पहिले सञ्जयको विवाह रिया पिल्लईसँग भएको थियो । उनी एयर होस्टेस र मोडल थिइन् । त्यसअघि उनको विवाह ऋचा शर्मासँग भएको थियो । यो जोडीको एउटी छोरी छिन्, त्रिशाला दत्त ।

सन् १९९६ मा ब्रेन ट्युमरका कारण ऋचाको मृत्यु भएको थियो । त्रिशाला मान्यतासँग एकदमै नजिक छिन् र उनीहरू प्रायः सँगै समय बिताउँछन् । त्रिशाला बाहेक, मान्यताका साथ सञ्जयका जुम्ल्याहा छोरा छोरी शाहरान र इक्रा छन् । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब