अमिताभ बच्चनले मदिरा छोडेको त्यो क्षण

  • कार्तिक १, २०८१ | ४२५ पटक पढिएको | सीमा संदेश
alt

मदिरा सेवन कसैको आदत हुन्छ त कसैको संस्कृति । अत्यधिक मदिरा सेवन स्वास्थ्य लागि त लाभदायी छैन नै । तथापि मानिसहरूले यसलाई स्वास्थ्यसँग भन्दा बढी व्यक्तिको सफलता र असफलतासँग जोडेर हेर्न छोडेका छैनन् ।

कोही राजनीतिकर्मी हुन् वा चलचित्रकर्मी वा अरू कोही पेशाकर्मी, उनले मदिरा सेवन गर्छन् वा गर्दैनन् भन्ने आधारमा समाजले धारणा बनाउने चलन अझै टरेको छैन । 

भारतीय अभिनेता अमिताभ बच्चनको जीवनमा पनि एउटा त्यस्तै घटना भएको थियो, जसका कारण उनले मदिरा सेवन नै छोडेका थिए । 

अमिताभले पहिलो चलचित्र 'सात हिन्दुस्तानी’मा काम गरेवापत् राष्ट्रिय पुरस्कार पाएका थिए । उनको जीवनबारे लेखिएको पुस्तक 'अमिताभ बच्चन द फोरएभर स्टार' मा उल्लेख भएअनुसार त्यसबेला अमिताभले ५० रुपैयाँ पुरस्कारमा पाएका थिए । 

त्यही रकम लिएर अमिताभले एक साँझ आफ्ना साथीहरू जलाल आगा र अनवर अलीसँगै पिउने योजना बनाए । त्यो साँझ उनीहरूले खुब पिए । तर अर्को दिन सबेरै अनवर अलीले अमिताभले सचेत गराउँदै भनेका थिए, 'तिमी चलचित्र क्षेत्रमा लागेको मान्छे । सुरुवातमै मदिरातिर लाग्यौ भने तिम्रो भविष्य बिग्रिन्छ । तिमी चलचित्रमा प्रसिद्ध नभएसम्म यो मदिरा नछुनु ।'

नभन्दै अनवरको सुझावले अमिताभलाई पनि छोयो । उनले त्यसपछि मदिरा त्याग गरिदिए । उनले फिल्ममा चलुञ्जेलमा मात्रै होइन, त्यही पलदेखि जीवनभर नै मदिरा सेवन गरेनन् । 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब