‘मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु

  • कार्तिक ७, २०८१ | ५४५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । एक हजार बढी मोडल उत्पादन गरिसकेको नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको ९औँ संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करण अर्थात ‘मोडल हन्ट नेपाल २०२४’को आवेदन खुल्ला भएको जनाएको हो ।

प्रतियोगितामा सहभागीका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान छ । आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । सहभागी प्रतियोगीको हकमा उमेर १६ देखि २८ वर्ष हुनुपर्ने प्रावधान रहेको छ । 

प्रतियोगिताको प्रारम्भिक चरणको अडिसन नोभेम्बर २२ (मङ्सिर ७)गतेबाट सुरु हुनेछ । अडिसनमा छानिएका प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी गर्नेछिन् । एक महिनाको प्रशिक्षणको क्रममा उनीहरूले व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षा पनि लिनेछन् ।

प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगीताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने धमलाको भनाई छ । 

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब