चिडियाखानाबाट निकाली पाउँ भन्दै जनावरले मुद्दा हाल्न पाउँछन् ?

  • कार्तिक २०, २०८१ | २९९ पटक पढिएको | सीमा संदेश
alt

के चिडियाखानामा रहेका जनावरहरुले त्यहाँबाट मुक्त गराइपाउँ भनेर अदालतमा मुद्दा दायर गर्न सक्छन् ? यस्तो अनौठो लाग्ने सवालको निरुपण अब अमेरिकाको एक अदालतले गर्दैछ ।

अमेरिकाको कोलोराडोस्थित ‘चेइन माउन्टेन जू’मा रहेका पाँचटा हात्तीले आफ्नो मुक्तिको लागि चिडियाखानाविरुद्ध मुद्दा हाल्न सक्ने नसक्ने विषयमा त्यहाँको सर्वोच्च अदालतले फैसला गर्नेछ ।

कानुन अनुसार हात्तीलाई समेत व्यक्तिको रुपमा परिभाषित गर्दै उनीहरुको मुक्त हुन पाउने अधिकार रहेको जनावर अधिकारकर्मीहरुको दाबी छ । यद्यपि हात्तीको मुक्तिको विषयमा फैसला गर्दै गर्दा न्यायाधीशले सुरुमा कुकुर र बिरालोका विषयमा पनि गहन सबाल उठाएका छन् ।

बिहीबार भएको सुनुवाइका क्रममा न्यायाधीश मेलिसा हार्टले भनिन्- यस्तो मुक्ति सुरु भयो भने कहाँ गएर रोकिएला ? यसले मानिसहरुले घरमा पालेका कुकुर तथा बिरालोहरुलाई समेत स्वतन्त्रता प्रदान गर्न सक्छ भविष्यमा ।

उल्लेखित चिडियाखानामा रहेका मिस्सी, किम्बा, लक्की, लोउलोउ र जाम्बो नामक पाँचवटा हात्तीले कैदीलाई प्राप्त अधिकार जस्तै आफ्नो कैदका विरुद्धमा कानुनी प्रक्रियामा जान पाउने दाबी NonHuman Rights Project नामक समूहको छ ।

अफ्रिकाको जंगलमा जन्म्रिएका ती हात्तीहरु जेलजस्तो चिडियाखानामा बन्दी बन्नुपर्दा उनीहरुको मस्तिष्कमै क्षति पुगेकोले चिडियाखानाबाट उनीहरुलाई मुक्त गरेर अमेरिकाका कुनै हात्ती संरक्षित क्षेत्रमा लगिनुपर्ने उनीहरुको माग छ ।

अदालतमा भएको सुनुवाइका क्रममा उक्त समुहका प्रतिनिधिले हालका लागि ती पाँचजना हात्तीहरुमा मात्रै केन्द्रित भएर अदालतले फैसला गर्नुपर्ने भन्दै हात्तीहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्न सक्नेगरी मुद्दालाई पुनः तल्लो अदालतमा पठाइदिने गरी आदेश गर्न समेत माग गरे ।

घरपालुवा कुकुर र चिडियाखानामा राख्न ल्याइएको हात्तीलाई एउटै दर्जामा राख्न नहुने उनको भनाइथियो ।

तर, सो चिडियाखानाले भने ती वृद्ध अवस्थाका हात्तीहरुलाई त्यो उमेर अन्यत्र सार्नु र अरु हात्तीहरुसँग मिसाउनु जोखिमयुक्त रहेको भन्दै यसले अनावश्यक तनाव सिर्जना गर्ने दाबी गरेको छ ।

यो मुद्दामा अमेरिकाको सर्वोच्च अदालतले आगामी हप्ता वा केही महिनामै अन्तिम फैसला गर्ने बताइएको छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब