पहाडी र मधेशीमेलमिलापको खोज

  • कार्तिक २०, २०८१ | ३१२ पटक पढिएको | सीमा संदेश
alt

आगामी कातिक ३० गते रिलिज हुने फिल्म मिसिङः केटी हराएको सूचनाको ललितपुरमा बुधबार आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ। चार मिनेटको ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ।

ट्रेलरमा सामाजिक सञ्जालमा चिनजान भएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढाव प्रस्तुत गरिएको छ। फिल्मले पहाडी–मधेशी मेलमिलापको खोजी गरेको देखाएको छ।

ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्मित फिल्म ३२ वर्षअघिको डकु–ड्रामा उजेलीका निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका छन्। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ भने नाजिर र सृष्टिका साथमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण, अमितेष शाहलगायतले अभिनय गरेका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन र सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता रहेका छन्।

दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह र करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, अकी थेक्पाको कला निर्देशन, अमर महर्जनको डीओपी र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब