रहिनन् स्वर कोकिला गायिका 'शारदा सिन्हा'

  • कार्तिक २१, २०८१ | ३७० पटक पढिएको | सीमा संदेश
alt

स्वरकी धनी एवम् स्वर कोकिला भनेर प्रसिद्धि कमाएकी गायिका शारदा सिन्हाको छठ पर्वमै स्वर्गवास भएकी छन् । 

भारत सरकारको पदमश्री अवार्डबाट सम्मानित मैथिली, भोजपुरी लोक गायिका शारदा सिन्हाले छठमै प्राण त्यागेकी हुन् । केही दिन अघि मात्र उनको श्रीमानको मृत्यू भएपछि स्वास्थ्य अवस्था गम्भिर भएकी शारदाको गएराती भारतको राजधानी दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । 

आफ्नो मधुर र जादुमयी आवाजले छठ पर्वको आभाष दिलाउने स्वर कोकिलाको छठ पर्वमै मृत्यू भएपछि उनका शुभचिन्तकमा निराशा छाएको छ । 

शारदा सिन्हाका छोरा अँशुमन सिन्हाले एक पोष्ट शेयर गर्दै उनको निधनको पुष्टि गरेका छन् । उनको इन्टाग्राम अकाउण्टमा फोटो पोष्ट गर्दै लेखेका छन्,–“तपाईहरुको प्रार्थना सदैव आमासँग रहनेछन्, माता छठी मैयाँले उहाँले आफ्नो साथ बोलाई सक्नुभयो, आमा अब शारिरिक रुपमा हामीबीच रहनुभएन ।”

शारदा सिन्हाको पार्थिव शरिर आजै दिल्लीबाट पटना ल्याउने तयारी भईरहेको छ । गायक गायिकाहरुसमेत श्रद्धाञ्जली दिन आउने भएको छ । 

लोक गायिकाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत शोक व्यक्त गरेका छन् । 

सोमबार उनको स्वास्थ्यमा असर भएपछि उनलाई दिल्लीस्थित एम्समा भर्ना गरिएको थियो । उनलाई बिहार कोकिला भनेर समेत चिनिएको हो । श्रीमानको मृत्यूपछि शोकमा डुबेकी शारदा सिन्हालाई शोककै कारण स्वास्थ्य बिग्रेको बताईन्छ । 

उनले मैथिली, भोजपुरीसहित बलिवुडमा समेत आफ्नो स्वर दिएकी थिइन् । जसको आवाजको बिना छठ र बिवाह व्रतबन्ध अधुरोध खल्लो हुन्छ उनले छठ पर्वमै प्राण त्यागेकी हुन् । 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब