राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतले दिएको आदेशविरूद्ध सरकारको भ्याकेट

  • कार्तिक २४, २०८१ | ४४१ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरूद्ध सरकारले भ्याकेट निवेदन दर्ता गरेको छ । राष्ट्रिय पञ्जिकरण विभागले हिजो महान्यायधिवक्ता कार्यालयमार्फत भ्याकेट निवेदन दर्ता गराएको हो ।

गएको भदौ ७ गते बसेको न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ता लिन वा अन्य विभिन्न काममा राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश दिएको थियो ।

राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा फाइदा भएको तर आदेशपछि असर परेकाले भ्याकेट दिएको महान्यायधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता एवम् प्रवक्ता सूर्यराज दाहालले जानकारी दिनुभयो ।

सरकारले राष्ट्रिय परिचयपत्रमार्फत सरकारी कागजपत्रलाई एकिकृत गर्ने लक्ष्य लिएको छ । सामाजिक सुरक्षा भत्ता, पेन्सन लगायतको दोहोरोपना हटाउन, बैंकिङ प्रणालीमा आबद्ध गराई सम्पत्ति सुद्धीकरण, एउटै परिचयपत्र भित्र अरु विवरण राखी धेरै कागजातको झण्झट हटाउनेलगायताका लागि राष्ट्रिय परिचय पत्रको प्रयोग गर्ने सरकारले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशपछि एकीकृत तथ्याङ्क सङ्कलनमै समस्या आएकोले भ्याकेट दिएको महान्यायधिवक्ताको कार्यालयले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब