यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

  • कार्तिक २६, २०८१ | ४१७ पटक पढिएको | सीमा संदेश
alt

दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् ।

कोही भव्यता र खर्चका लागि त कोही अति सामान्यपन तथा कम खर्चका कारण । साथै केही विवाहहरु बिहेको संस्कार, परम्परा तथा बिहेमा गरिने क्रियाकलापका कारण चर्चामा रहन्छन् ।

यी सबैभन्दा फरक एउटा यस्ता बिहे भएको थियो, जुन वास्तवमै आफ्नो असाधारणपनका कारण चर्चामा रह्यो । जमैकाको एक रिसोर्टमा भएको उक्त बिहे यसकारण चर्चामा रह्यो कि बिहेमा सहभागी सबैजना निर्वस्त्र थिए । यहाँसम्म कि बिहेमा बेहुला, बेहुलीको शरीरमा पनि कुनै कपडा थिएनन् ।

उक्त बिहेको सबैभन्दा अनौठो कुरा त यो थियो कि त्यहाँ कुनै एउटा जोडीको मात्रै बिहे भएको थिएन । त्यहाँ कुल २९ जोडीको बिहे भयो र ती सबैले निर्वस्त्र भएर बिहे गरेका थिए ।

यद्यपि यो घटना नयाँ भने होइन । सन् २००३ मा यस्तो बिहे भएको थियो ।

जमैकाको सेन्ट एन हेडोनिज्म तृतीय रिसोर्टमा उक्त वैवाहिक समारोह भएको थियो । त्यस बिहेले निकै ठूलो चर्चा बटुलेको थियो जुन भ्यालेन्टाइन डे को अवसरमा भएको थियो । सामुद्रिक तटस्थित चौरमा भएको उक्त बिहे समारोह करीब १ घण्टा चलेको थियो ।

निर्वस्त्र भएर बिहे गरेका २९ जोडीहरु फरक-फरक देश तथा फरक फरक पेसाका थिए । जसमा हेभी उपकरण अपरेटरदेखि विज्ञापन कार्यकारी र वेल्डरदेखि शिक्षकसम्मले त्यहाँ बिहे गरे । बिहे गर्नेमा रुसी, अमेरिकी, क्यानेडाली र क्रो जनजाती सम्मका जोडीहरू थिए ।

फ्लोरिडाको युनिभर्सल लाइफ चर्चका पादरी फ्रेंक सर्वासियोले बिहे गराएका थिए । हुनत त्यो रिसोर्ट त्यसअघि पनि अनौठा खालका बिहेका लागि चर्चित ठाउँ हो । तर, सन् २००३ को निर्वसत्र विवाह भने ती मध्ये सर्वाधिक चर्चित र अनौठो रह्यो ।

उक्त समारोहमा एकजना बेहुलीकी १८ वर्षीया छोरी तथा उनका प्रेमीले पनि सहभागी हुने निधो गरे तर उनीहरु त्यहाँ आँखामा पट्टी बाँधेर सहभागी भएका थिए ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब