रोड शोको बिचमा गोविन्दाको छाती दुखेपछि...

  • मंसिर ३, २०८१ | ४३६ पटक पढिएको | सीमा संदेश
alt

नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएको छ । शनिबार महाराष्ट्रको जलगाउँ जिल्लामा सत्तारुढ महायुती गठबन्धनको लागि रोड शोमा रहँदा अभिनेताको स्वास्थ्य बिग्रिएको हो । 

त्यसपछि रोड शोबिचमै छोडेर अभिनेता मुम्बई फर्किएका थिए । एक्कासी गोविन्दाको स्वास्थ्य बिग्रिएको देखेर भीडमा अत्यास देखिएको थियो । एक्कासी उनको छाती दुख्न थालेको बताइएको छ । अभिनेता अहिले ठिक रहेको गोविन्दाका नजिकका एक व्यक्तिले बताएका छन् । उनले थाकेको र असहज महसुस गरिरहेका थिए भनेर भनिएको छ । यद्यपि गोविन्दाबाट यसको आधिकारिक पुष्टि भने भएको छैन ।

गोविन्दाले जलगाउँको मुक्ताईनगर, बोदवाड, पचोरा र चोपडामा महायुतीका उम्मेदवारहरूको लागि प्रचार गरिरहेको पिंकभिल्लाले एउटा समाचारमा बताएको थियो । रोड शोको क्रममा उनले भीडलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्न र सत्तारूढ गठबन्धनलाई भोट गर्न आग्रह गरेका थिए । मुख्यमन्त्री एकनाथ शिन्देको नेतृत्वमा रहेको शिवसेनामा प्रवेश गरेपछि गोविन्दाले राजनीतिमा पुनः प्रवेश गरेका थिए । महाराष्ट्रका सबै २८८ सिटका लागि नोभेम्बर २० मा मतदान हुँदैछ । मतगणना नोभेम्बर २३ मा हुनेछ ।

केही दिन अघि लागेको थियो खुट्टामा गोली

अक्टोबर १ मा गोविन्दाको खुट्टामा गोली लागेको थियो । घरमा बन्दुक दराजमा राख्ने क्रममा खसेर अभिनेताको खुट्टामा गोली लागेको थियो । गोली लागेपछि उनलाई मुम्बईको क्रिटी केयर एसिया अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले उनलाई केही दिन घरमै व्यायाम र फिजियोथेरापी गर्न सल्लाह दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब