चिनियाँ कम्पनीको अनौठो अफर : रोमान्स गर्नुहोस्, पार्टनर खोज्नुहोस्

  • मंसिर ७, २०८१ | ४१६ पटक पढिएको | सीमा संदेश
alt

एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीका लागि एउटा यस्तो गज्जबको अफर ल्याएको छ, जसका बारेमा सुनेर जो कोहीलाई थकथकी लाग्नसक्छ । वास्तवमा उक्त प्रविधि कम्पनीले आफ्नो डेटिङ एपमा रोमान्स गर्नका लागि आफ्नै कर्मचारीलाई नगद प्रोत्साहन दिइरहेको छ । सो कम्पनीले आफ्ना कर्मचारीलाई कामका दौरान रोमान्स गर्नका लागि पनि प्रोत्साहित गरेको छ ।

दक्षिण चीनको शेनझेनमा रहेको Insta 360 नामक उक्त कम्पनीले आफ्ना कर्मचारीहरूलाई एकअर्काको नजिक ल्याउन तथा खुसी वृद्धि गर्ने प्रयासमा एउटा डेटिङ कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रम अन्तर्गत कर्मचारीहरूले कम्पनीको अनलाइन डेटिङ प्लेटफर्मको माध्यमबाट कुनै बाहिरी व्यक्तिलाई पार्टनर बनाएर ल्याउन सकेमा नगद पुरस्कार दिइनेछ ।

साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्ट अनुसार कुनैपनि कर्मचारीले डेटिङ एपमा गरेको कुनै पोस्टका कारण कम्पनी भन्दा बाहिरको कुनैपनि एकल व्यक्ति उक्त डेटिङ एपमा कोहीसँग परिचित भएमा पनि हरेक पोस्टका लागि सम्बन्धित कर्मचारीलाई ६६ युआन पुरस्कार दिइनेछ ।

कम्पनीले यो अफर ३ महिनाअघि सुरु गरेको हो । यदि कुनैपनि कर्मचारीले यस एपमा कम्पनी बाहिरको कोही व्यक्तिसँग जोडी मिलाएर ३ महिनासम्म सम्बन्ध कायम राख्न सकेमा त्यो कर्मचारी र उसको पार्टनर दुबैलाई १ हजार युआन पुरस्कार प्राप्त हुनेछ । समाचार अनुसार यो अफर सुरु भएदेखि नोभेम्बर ११ सम्ममा कम्पनीको उक्त फोरममा करिब ५ सय पोस्ट प्रकाशित भइसकेका छन् । साथै त्यसरी पोस्ट गर्नेहरूका लागि कम्पनीले अहिलेसम्म १० हजार युआन पुरस्कार प्रदान गरिसकेको छ ।

कम्पनीको त्यो अफरलाई कर्मचारीहरूले निकै रुचाएर प्रशंसा गरिरहेका छन् । एकजना कर्मचारीले भनेका छन्, ‘कम्पनी मेरो लागि मेरी आमा भन्दापनि धेरै उत्सुक छ ।’

कम्पनीले त्यो अनौठो कार्यक्रमका विषयमा चिनियाँ सोसल मिडिया प्लेटफर्म डुइनमा विभिन्न मिश्रित प्रतिक्रिया आएका छन् । मानिसहरूले सरकारी तहबाट पनि त्यस्तै अफर ल्याउनुपर्ने मत प्रकट गरेका छन् र सो कम्पनीमा आफूले पनि जागिर खान चाहेको बताइरहेका छन् । तर कतिपयले भने प्रेमलाई पैसासँग तुलना गर्न नमिल्ने बताएका छन् ।

इन्स्टा ३६० नामक उक्त कम्पनीको अफर यस्तो समयमा आएको छ जतिबेला चीनमा विवाह तथा जन्मदर दुबैमा उल्लेख्य गिरावट आएको छ । हालै सार्वजनिक भएको सरकारी आंकडा अनुसार सन् २०२४ को पहिलो त्रैमासिकमा चीनमा केवल ४७ लाख ४० हजार जोडीहरुले मात्रै विवाहदर्ता गरेका छन् । यो गतवर्षको यही अवधिको तुलनामा १६.६ प्रतिशतले कम हो । एजेन्सी

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब