आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...

  • मंसिर ११, २०८१ | ३१८ पटक पढिएको | सीमा संदेश
alt

नयाँ दिल्ली । रणवीर कपूर यतिबेला बलिउडको सुपरस्टार हुन् । ‘एनिमल’ फिल्मबाट उनले नसोचेको सफलता पाए । रणवीर यतिबेला नितेश तिवारीको ‘रामायण’को तयारी गरिरहेका छन् । उनी हालै इन्टरनेशनल फिल्म फेष्टिवल अफ इन्डिया (आईएफएफआई)मा सहभागी हुन गोवा पुगेका थिए ।

जहाँ उनले चर्चित भारतीय निर्देशक सञ्जय लिला भन्सालीसँग फेरि काम गर्ने बताए । यस क्रममा उनले आफ्नो हजुरबुबा अभिनेता राव कपूर र छोरी राहाकोबारे पनि कुरा गरेका थिए । यसै क्रममा उनले पत्नी अभिनेत्री आलिया भट्टको एउटा कुरा पनि सुनाए । 

किशोर कुमार को हुन् ?
आलियासँग आफ्नो पहिलो पटक भेट हुँदा उनलाई किशोर कुमार को हुन् भन्ने नै थाहा थिएन । आलियाले रणवी्लाई ‘किशोर कुमार को हुन् ?’ भनेर सोधेकी थिइन् । उनको कुरा सुनेर आफूलाई ‘यो नै जीवन चक्र हो । मान्छेहरूले तपाईलाई बिर्सन्छन्’ भनेर भनेका थिए । आलियाको कुराले आफूलाई ‘हामीले आफ्नो जरालाई याद राख्नु पर्ने’ लागेको पनि उनले बताए । 

किशोर कुमार मात्रै होइन राज कपूर समेत गरेर कयौं दिग्गज फिल्म निर्माता, कलाकारहरू भएको र यी सबैलाई आफूहरूले सधैं स्मरण गर्नु पर्ने पनि उनको भनाइ छ । यो काम गरेकोमा आफू आईएफएफआईप्रति कृतज्ञ रहेको उनले बताए । रणवीर छिट्टै रामायण, लभ एन्ड वार, ब्रह्मास्त्र २ र ३ अनि एनिमल पार्कमा देखिदैंछन् 

आलियाले किशोर कुमारलाई नचिनेको  कुरा बाहिर आएपछि युजरले उनलाई ट्रोल गरिरहेका छन् । केही समयअघि आलियाले रणवीरबारे लिपस्टिकलाई लिएर बोलेको भिडियो भाइरल भएको थियो । 
रणबीरले आलियासँग यही भिडियोको बदला लिएको भनेर भनेका छन् । किशोर कुमारबारे आलियालाई थाहा नभएको सुनेपछि केही चाँहि छक्क परेका छन् ।

आलियाले पहिलो पटक रणवीरलाई भेट्दा उनी ९ वर्षको थिइन् । यो कुरा त्यतिबेलाको हुन सक्छ भन्नेहरू पनि छन् । रणवीर र आलियाबिच उमेर १० वर्षको अन्तर छ । आलियालाई यस्तो कुरामा ट्रोल गरिएको यो पहिलो पटक होइन् । करियरको शुरुआतमा आलिया करण जोहरको शो ‘कफी विथ करण’मा आएकी थिइन् । यसमा उनलाई भारतका राष्ट्रपतिको नाम सोधिएको थियो । तर आलियाले जवाफमा पृथ्वीराज चौहान भनिन् । वर्षौसम्म यसै कुरालाई लिएर आलिया ट्रोल भइरहिन् ।

भन्सालीसँग १७ वर्षपछि काम गर्न पाउँदा खुसी
भन्साली रणवीरको डेब्यू फिल्मका निर्देशक थिए । उनलाई अभिनेता ‘गडफादर’ पनि भन्छन् । आफूले अभिनयबारे जे जति सिकेको हो, सबै भन्सालीसँग सिकेको पनि उनले बताए । १७ वर्षपछि भन्सालीसँग फेरि काम गर्न पाउँदा अफू निकै खुसी रहेको रणबीरले भनेका छन् । ‘म उनको निके इज्जत गर्छु । उनी अहिलेसम्म पनि फेरिएका छैनन, अहिले पनि उनी उत्ति नै मेहनत गर्छन् । उनी सधैं आफ्नो फिल्मको बारेमा मात्रै सोच्छन् । मात्रै पात्रको बारेमा मात्रै कुरा गर्न चाहन्छन्.... त्यसैले म निकै उत्सुक छुँ ।’ उनले भने ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब