मदिरा तस्करको गाडीको ठक्करबाट सशस्त्रका सई यादव मृत्यु प्रकरण: लहानमा राजमार्ग अवरुद्ध

  • मंसिर १६, २०८१ | ६१३ पटक पढिएको | सीमा संदेश
alt

मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि सिरहाको लहानमा आन्दोलन चर्किएको छ । मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

उनीहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि अहिले पूर्वपश्चिम राजमार्ग ठप्प छ । जसले गर्दा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

भारतसँग सीमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका- १ कचनारीमा ड्युटीमा रहेका बेला सई यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएके छ । उनले तस्करहरुको गाडी रोक्न खोजेका थिए, तर उल्टै गाडी ठक्कर दिएर भारततर्फ भागेको बताइन्छ ।

मृतक सई यादव बीओपी बरहरीमा कार्यरत थिए । उनीसँगै अन्य चार सशस्त्र प्रहरी पनि ड्युटीमा थिए । मृतक सई यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

मृतक सईका दाइ नाता पर्ने पाण्डव यादवले प्रहरी प्रशासनकै कमजोरीले घटना घटेको आरोप लगाए । प्रदर्शनमा सहभागी उनले भने, ‘मेरो भाइसँगै अन्य चार जना प्रहरी ड्युटीमा थिए, तर गाडी ठक्कर दिएर भागेपछि उनीहरुले किन गोली चलाएनन् ? यो त चरम लापरबाही हो नि ’’

आन्दोलनमा उत्रिएकाहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब