आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने निर्वाचन आयोगको निर्णय

  • मंसिर २१, २०८१ | ५२३ पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आयोगले पर्सि आइतवारदेखि देशभरका सबै प्रदेश र जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम शुरू गर्ने भएको छ ।

यसअघि गएको १५ गते सम्पन्न उपचुनावका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरेकोमा आइतवारदेखि फेरि देशभर शुरू गर्ने निर्णय गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उपचुनाव सकिएर परिणामसमेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य गर्न लागेको आयोगको विज्ञप्तिमा ल्लिेख छ ।

मतदाता नामावलीमा नाम दर्ताका लागि नागरिकता आवश्यक पर्छ । यस्तै नागरिकतामा उल्लेखित ठेगानाभन्दा मतादाता नामावली रहने ठेगाना फरक पर्ने भएमा विवाह दर्ता तथा बसाइँसराइ दर्ताको प्रमाण आवश्यक पर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

नयाँ नामावली दर्तासँगै त्रुटि सच्याउने, दोहोरो भए हटाउने, मृत्यु वा बसाइँसराइकाे विवरण अद्यावधिक गर्ने काम पनि आइतवारदेखि नै शुरू हुने आयोगले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब