एक महिलाको विभत्स हत्या, नग्न अवस्थामा शरीर र टाउको अलग–अलग भेटियो

  • मंसिर २१, २०८१ | ४७५ पटक पढिएको | सीमा संदेश
alt

धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको विदेहनगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको टाउको हत्या भएको हो ।
हत्या भएको अवस्थामा उनको शव बुधबार दिउँसो घरभन्दा करिब डेढ किलोमिटरको दुरीमा शिवनारायण मण्डलको खेतमा भेटिएको हो ।

उनको शरीरको भाग र टाउको करिब ३० मिटरको दुरीमा फेला परेको हो । टाउकोको भाग कमला नदीको नहरमा भेटिएको छ । शरीर नग्न अवस्थामा थिए । शरीर र टाउको भेटेको भन्दा सयमिटर पर रगत बगेको देखिएको छ ।

धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ । हत्या भएकी महिलाको श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा छन् । मृतकका कान्छो छोराका अनुसार मंगबार अपराहन्न रामपरी घाँस लिन चौरतिर गएकी थिइन् । अवेर साँझसम्म घर नफर्किँदा खोजविन गरिएको थियो । तर त्यसको भोलिपल्ट रामपरीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो ।

घटना पश्चात संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । अहिले एकजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब