उदितनारायणले महिला फ्यानलाई ओठमै किस गरेपछि भारतमा हंगामा

  • माघ २०, २०८१ | ४१३ पटक पढिएको | सीमा संदेश
alt

भारतमा प्रख्यात नेपाली गायक उदितनारायण झा गम्भीर स्क्यान्डलमा फँसेका छन् । उनले स्टेजमा प्रस्तुति दिने क्रममा महिला फ्यानहरूलाई ओठमै किस गरेको भिडियो भाइरल भइरहेको छ ।

यो भिडियो कहिलेको र कहाँको हो भन्ने खुलेको छैन । भिडियोमा उदितले एक कन्सर्टमा ‘टिपटिप वर्षा पानी…’ बोलको गीत गाइरहेको देखिन्छ । गाउने क्रममा उनले आफूसँग सेल्फी खिच्न चाहने युवतीहरूलाई नजिक बोलाउँछन् । एक युवतीले सेल्फी खिचेपश्चात उदितले उनलाई आफूतिर खिच्छन् र युवतीले उनलाई गालामा चुम्छिन् । लगत्तै उदितले ती युवतीलाई ओठमा दह्रो किस गर्छन् ।

उदितले यसरी किस गर्दा युवती खुशीले रमाएको भिडिओमा देखिन्छ । साथै भिडले पनि हुटिङ गर्दै उनलाई उक्साएका छन् । उदितले अरू केही महिलालाई पनि यसरी तान्दै किस खाएको देखिन्छ ।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा भारतीयले उदितको चर्को आलोचना गरिरहेका छन् ।

सुरूमा कतिपयले यो भिडिओ एआई निर्मित भएको आशंका गरेका थिए, तर उदित स्वयम्ले यो आफ्नै भएको पुष्टि गरेका छन् । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले यसलाई ठूलो इस्यु नबनाउन आग्रह गरे ।

उनले भनेका छन्, ‘फ्यानहरू एकदम दिवाना हुन्छन् । हामी यस्तो खालका होइनौं । हामी भलाद्मी मान्छे हौं । केही व्यक्तिले आफ्नो प्रेम विभिन्न तरिकाले देखाउँछन् । यस्तो कुरालाई बढावा दिएर फाइदा छैन । यसमा ध्यान नदिँदा राम्रो हुन्छ ।’

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब