उदितनारायणले महिला फ्यानलाई ओठमै किस गरेपछि भारतमा हंगामा

  • माघ २०, २०८१ | ४०४ पटक पढिएको | सीमा संदेश
alt

भारतमा प्रख्यात नेपाली गायक उदितनारायण झा गम्भीर स्क्यान्डलमा फँसेका छन् । उनले स्टेजमा प्रस्तुति दिने क्रममा महिला फ्यानहरूलाई ओठमै किस गरेको भिडियो भाइरल भइरहेको छ ।

यो भिडियो कहिलेको र कहाँको हो भन्ने खुलेको छैन । भिडियोमा उदितले एक कन्सर्टमा ‘टिपटिप वर्षा पानी…’ बोलको गीत गाइरहेको देखिन्छ । गाउने क्रममा उनले आफूसँग सेल्फी खिच्न चाहने युवतीहरूलाई नजिक बोलाउँछन् । एक युवतीले सेल्फी खिचेपश्चात उदितले उनलाई आफूतिर खिच्छन् र युवतीले उनलाई गालामा चुम्छिन् । लगत्तै उदितले ती युवतीलाई ओठमा दह्रो किस गर्छन् ।

उदितले यसरी किस गर्दा युवती खुशीले रमाएको भिडिओमा देखिन्छ । साथै भिडले पनि हुटिङ गर्दै उनलाई उक्साएका छन् । उदितले अरू केही महिलालाई पनि यसरी तान्दै किस खाएको देखिन्छ ।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा भारतीयले उदितको चर्को आलोचना गरिरहेका छन् ।

सुरूमा कतिपयले यो भिडिओ एआई निर्मित भएको आशंका गरेका थिए, तर उदित स्वयम्ले यो आफ्नै भएको पुष्टि गरेका छन् । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले यसलाई ठूलो इस्यु नबनाउन आग्रह गरे ।

उनले भनेका छन्, ‘फ्यानहरू एकदम दिवाना हुन्छन् । हामी यस्तो खालका होइनौं । हामी भलाद्मी मान्छे हौं । केही व्यक्तिले आफ्नो प्रेम विभिन्न तरिकाले देखाउँछन् । यस्तो कुरालाई बढावा दिएर फाइदा छैन । यसमा ध्यान नदिँदा राम्रो हुन्छ ।’

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब