सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत

  • माघ २९, २०८१ | ३३१ पटक पढिएको | सीमा संदेश
alt

चर्चित गायिका एभरीलाई हाडसम्बन्धी दुर्लभ रोग लागेको छ । हालै ३० वर्षिया गायिकाले सामाजिक सञ्जालमा भिडियोमार्फत आफ्नो अनुभव शेयर गरेकी थिइन् । मधुमेहका रोगीले खाने औषधिको साइड इफेक्टका कारण गायिकालाई सो रोग लागेको हो । 

पछिल्लो केही वर्षदेखि गायिकाले मधुमेह, मोटोपना भएकाहरूलाई दिइने औषधि खाइरहेकी थिइन् । तर यो औषधिको सेवनका कारण गायिकालाई ओस्टियोपोरोसिस भएको छ । चेकजाँचको क्रममा डाक्टरले उनलाई हड्डी पातलो बनाउने दुर्लभ रोग लागेको बताए ।

एक वर्षसम्म ओजोम्पिक नामक औषधि खाएपछि एभरीलाई ओस्टियोपोरोसिस  भएको भनिएको छ । इटिङ डिस्अर्डरको शिकार भएपछि गायिकाले तौल घटाउने औषधिको साहारा लिएकी थिइन् । मोटो भएकै कारण आफूलाई रेकर्ड लेबलबाट निकालिएको पनि उनले बताइन् । आफू सुन्दर हुन अनि सफल हुन ओजेम्पिकको सेवन जरुरी भएको जस्तो आफूलाई लागेको पनि उनले बताइन् । 

डाक्टरको सल्लाह बिना औषधि नखान अनुरोध

आफ्नो भिडियोमा, एभरीले फ्यानहरूलाई डाक्टरको सल्लाह बिना कुनै पनि औषधि नखान अनुरोध गरेकी छिन् । यस्तो औषधिको साइड इफेक्ट हुन सक्छ र गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने पनि उनले बताइन् । आफ्नो स्वास्थ्यप्रति सचेत रहन र डाक्टरसँग परामर्श लिन पनि उनले सल्लाह दिएकी छिन्  । 

एभरीको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरै मानिसहरूले एभरीसँगका आफ्ना अनुभवहरू साझा गरिरहेका छन् । औषधिको साइड इफेक्टबारे मानिसहरूले आफ्नो विचार व्यक्त गरेका छन् । एभरीको यो भिडियो मानिसहरूलाई लागूपदार्थको खतराको बारेमा सचेत गराउन सहयोगी साबित भइरहेको छ । 

भिडियोमा एभरीले कुरा गरेको औषधि ओजेम्पिकलाई सुइमार्फत टाइप २ मधुमेह र मोटोपनाको शिकार भएकाहरूलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र तौल घटाउन सहयोग हुने गरी तयार पारिएको छ । तर यो औषधिले हाड्डी कमजोर बनाउने  अध्ययनहरूले देखाइरहेका छन् । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब