चर्चित गायिका एभरीलाई हाडसम्बन्धी दुर्लभ रोग लागेको छ । हालै ३० वर्षिया गायिकाले सामाजिक सञ्जालमा भिडियोमार्फत आफ्नो अनुभव शेयर गरेकी थिइन् । मधुमेहका रोगीले खाने औषधिको साइड इफेक्टका कारण गायिकालाई सो रोग लागेको हो ।
पछिल्लो केही वर्षदेखि गायिकाले मधुमेह, मोटोपना भएकाहरूलाई दिइने औषधि खाइरहेकी थिइन् । तर यो औषधिको सेवनका कारण गायिकालाई ओस्टियोपोरोसिस भएको छ । चेकजाँचको क्रममा डाक्टरले उनलाई हड्डी पातलो बनाउने दुर्लभ रोग लागेको बताए ।
एक वर्षसम्म ओजोम्पिक नामक औषधि खाएपछि एभरीलाई ओस्टियोपोरोसिस भएको भनिएको छ । इटिङ डिस्अर्डरको शिकार भएपछि गायिकाले तौल घटाउने औषधिको साहारा लिएकी थिइन् । मोटो भएकै कारण आफूलाई रेकर्ड लेबलबाट निकालिएको पनि उनले बताइन् । आफू सुन्दर हुन अनि सफल हुन ओजेम्पिकको सेवन जरुरी भएको जस्तो आफूलाई लागेको पनि उनले बताइन् ।
डाक्टरको सल्लाह बिना औषधि नखान अनुरोध
आफ्नो भिडियोमा, एभरीले फ्यानहरूलाई डाक्टरको सल्लाह बिना कुनै पनि औषधि नखान अनुरोध गरेकी छिन् । यस्तो औषधिको साइड इफेक्ट हुन सक्छ र गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने पनि उनले बताइन् । आफ्नो स्वास्थ्यप्रति सचेत रहन र डाक्टरसँग परामर्श लिन पनि उनले सल्लाह दिएकी छिन् ।
एभरीको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरै मानिसहरूले एभरीसँगका आफ्ना अनुभवहरू साझा गरिरहेका छन् । औषधिको साइड इफेक्टबारे मानिसहरूले आफ्नो विचार व्यक्त गरेका छन् । एभरीको यो भिडियो मानिसहरूलाई लागूपदार्थको खतराको बारेमा सचेत गराउन सहयोगी साबित भइरहेको छ ।
भिडियोमा एभरीले कुरा गरेको औषधि ओजेम्पिकलाई सुइमार्फत टाइप २ मधुमेह र मोटोपनाको शिकार भएकाहरूलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र तौल घटाउन सहयोग हुने गरी तयार पारिएको छ । तर यो औषधिले हाड्डी कमजोर बनाउने अध्ययनहरूले देखाइरहेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved