छोटी भन्सार सञ्चालन र गाडी आवत जावत खुलाउन ३ जना आमरण अनसनमा

  • फागुन ८, २०८१ | ४५५ पटक पढिएको | सीमा संदेश
alt

रौतहटमा छोटी भन्सार सञ्चालन र चारचक्के सवारी साधन आवागमनको माग गर्दै ३ जना मानिस आमरण अनसनमा बसेका छन्।

छोटी नाकाहरु भएर सवारी साधन आवागमन नहुँदा स्थानिय हरु कठिनाइमा परेका छन्न । छोटी भन्सार सञ्चालन नहुँदा साना ब्यापारीहरु कठिनाईमा परेका हुन् । छोटी भन्सार सञ्चालन संगै चारचक्के सवारी साधन आवागमनको माग गर्दै जिल्लाको पर्रोहा नगरपालिका ९ दशगज्जा छेउ खाप नाकामा प्रजातन्त्र दिवसको अवसर पारेर एकै पटक तीनजना स्थानियहरु आमरण अनसनमा बसेका छन् ।

परोहा नगरपालिका ९ का अवकास प्राप्त शिक्षक ६५ बर्षीय महमद तजमुल, पूर्व गाविस उपाध्यक्ष ६७ बर्षीय जगतलाल यादव, नेपाल जनता पार्टीका प्रदेश सदस्य ५५ बर्षीय साहेब लाल साह बुधवार बिहान १० बजेदेखि आमरण अनसनमा बसेका हुन् । माग सम्बोधन नभएसम्म अनसन जारी रहने बरु ज्यान जान्छ भने जाओस तर हामी पछि नहट्ने अनसनकारीहरुले अडान लिएका छन्।

यस अघी पटक पटक जिल्ला प्रशासन कार्यालय रौतहट लगायतको कैयौं ठाउँमा ज्ञापन पत्र बुझाउँदा पनि कुनै निकायले वास्ता नगरेको कारण बाध्य भएर माग पुरा गराउन आमरण अनसनमा बस्नु परेको उनीहरूले बताएका छन् । आमरण अनसनमा बसेका तीनजनाको आन्दोलन प्रती दर्जनौं स्थानिय तथा नेताहरु ऐक्यब्धता जनाउँदै उनी संगै बसेका छन् ।

आमरण अनसनमा बसेकाहरुको माग जायज रहेको भन्दै नेपाली कांग्रेसकी नेतृ अन्जु झा, जनमतका जिल्ला ईन्चार्ज शेख जमसैद, एमालेका नागेन्द्र ठासुर , माओबादी, मधेशबादी , समाजबादी लगायत दलका दर्जनौं नेता कार्यकर्ता तथा स्थानीयहरूले ऐक्यब्धता जनाउँदै आन्दोलित भएका छन् ।

छोटी भन्सार संगै चारचक्के सवारी साधन आवागमनमा रोक लगाउँदा सदियौं देखि चलिआएको दुईदेश बिचको रोटी बेटीको सम्बन्ध प्रभावित भएको उनीहरूले गुनासो गरेका छन् । २००७ सालमा देशमा प्रजातन्त्र बहाली भएसंगै छोटी भन्सार खाप सञ्चालन भएको थियो । तत्कालीन बिद्रोही माओवादी र सरकारबीच द्वन्दको समय असुरक्षाको कारण देखाउँदै उक्त भन्सार जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको समाजबादी नेता तथा परोहाका मेयर प्रत्याशी शेख अब्दुल्लाहले बताएका छन् ।

छोटी भन्सार डेढ दशक अघि बन्द भएपनि चारचक्के सवारी साधन भने बिगतको जस्तै भइरहेको थियो । तर बिश्व ब्यापी रूपमा चलेको कोरोना महामारीको समय देखी भारतीय सीमा सुरक्षा बल एसएसबीले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको छ। पटकपटक स्थानिय स्तरमा छोटी भन्सार र सानो नाका खुलाउने बिभिन्न दलका नेताहरु बाट भएको प्रयास सफल हुनसकेको देखिएन ।

तथापि प्रजातन्त्र दिवसको दीन देखि अनसन सुरु गरेको अनसनकारीहरुको भनाई रहेको छ । नाकामा भएको गतिविधिको कारण दुईदेश बीचको रोटी बेटीको सम्बन्ध प्रभावित भएको छ। बिगतमा नेपाल भारत बीच खुल्लम खुल्ला बिहेवारी सम्बन्ध हुनेगरेको थियो। तर कोरोना पछी सीमा नाकामा असहज परि स्थितिको कारण वारिपारी बिहेवारी गर्न गराउन दुवै तर्फका मानिस आनाकानी गरिरहेका छन् ।

रौतहट जिल्लाको २८ किलोमीटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपांग्रे सवारीसाधनलाई छुट दिइएको छ । २८ किलोमीटर लामो सीमानाको वारी नेपालमा बस्ने हजारौँ नागरिक दैनिक उपभोग्य वस्तुको खरिद देखि औषधि उपचार गराउन तथा विहेवारीमा किनमेल गर्न सदियौं देखि भारतीय बजार माथी निर्भर रहेका छन् ।

सीमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भन्ने आफ्नै सदरमुकाम गौर २५ किलोमिटर टाढा पर्दछ । एकातर्फ भारतीय बजार नजिक हुनु र अर्को तर्फ नेपाली बजार भन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य विकल्प नभएको आन्दोलनमा बसेका नागेन्द्र ठाकुरको भनाई रहेको छ।

त्यस्तै भारतीय सीमा सुरक्षा बल एसएसबीले चारपांग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्तलाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने वाध्यता भएको समाजसेवी ठाकुरले जानकारी दिएका छन् । छोटी भन्सार खाप २००७ देखि सञ्चालनमा आएको थियो ।

कोरोनाकालपछि एकाएक बन्द हुँदा स्थानीय बासिन्दाहरूको आवत–जावत र व्यापारिक गतिविधिमा अवरोध आएको उनले बताए । भन्सार नखोल्दा तस्करी बढेर राजश्व छ । भन्सार खोल्न साथ सरकारको राजस्व संकलनमा पनि वृद्धि हुने आन्दोलनकारीको भनाइ रहेको छ । रौतहट स्थित खाप र बनकुलको समेत छोटी भन्सार हाल बन्द रहेको छ । छोटी भन्सार बन्द हुँदा राजस्व संकलनमा समेत प्रभाव पार्दै आएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब