नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता, आज शपथ

  • फागुन ८, २०८१ | ५२५ पटक पढिएको | सीमा संदेश
alt

भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा) की रेखा गुप्ता बन्नुहुने भएको छ।

हिजो बेलुका बसेको दिल्लीको भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो 

त्यसअघि बैठकले दलको नेता चुन्नका लागि ओमप्रकाश धनखडलाई पर्यवेक्षक तोकेको थियो । दिल्लीको सत्तामा भाजपाको २७ वर्षपछि पुनरागमन भएको हो ।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज दिउँसो रामलीला मैदानमा हुँदैछ । गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्यायलगायत मुख्यमन्त्रीका लागि आकाङ्क्षी रहेका थिए।

गुप्ता शालिमारबागबाट विजयी हुनुभएको हो । दिल्ली विधानसभा चुनावमा कुल ७० सिटमध्ये भाजपाले ४८ सिट जितेर सत्तामा फर्किएको हो ।

यसैबीच आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब