‘होस्टेल ३’को ट्रेलर : रोमाञ्चक कथा र युवा उमङ्ग

  • फागुन ९, २०८१ | ५४२ पटक पढिएको | सीमा संदेश
alt

फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् । ट्रेलरमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकार पनि देखिएका छन् । 

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म फागुन २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । 

फिल्मको निर्देशन सशान कँडेलले गरेका हुन् । माधव शर्माको लेखन, सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता रहेको फिल्मका सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

अर्जुन तिवारीको छायाङ्कन, विकास दाहालको सम्पानदन रहेको फिल्ममा हिमाल केसीको एक्सन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन छ ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब