बसभित्र युवती बलात्कार गर्ने युवक पक्राउ

  • फागुन १६, २०८१ | ४१८ पटक पढिएको | सीमा संदेश
alt

भारतीय प्रान्त महाराष्ट्रको पुणेमा बसभित्र युवतीलाई बलात्कार गरिएको घटनाका मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंगलबार पुणेस्थित बसपार्कमा बस कुरिरहेकी २६ वर्षीया युवतीलाई एक व्यक्तिले बसभित्र लगी बलात्कार गरेका थिए । सो घटना अनुसन्धानका क्रममा पुणे प्रहरीले बिहीबार राति दत्तात्रेय रामदास गडेलाई शिरुर तहसिलको एक गाउँबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडित युवती मंगलबार पुणेबाट सतारा जिल्लाको फलटन जान बस खोज्दै थिइन् । बिहान करिब ५:४५ बजे उनी स्वारगेट बसपार्कमा बसको प्रतीक्षामा थिइन् ।

त्यही बेला गडेले उनलाई मीठा कुरा गर्दै युवतीलाई विश्वासमा पारे र ‘फलटन जाने बस यहाँ होइन, अर्कै ठाउँमा पाइन्छ’ भनेर डिपोभित्रको एउटा खाली बसमा लगी बलात्कार गरे । त्यसपछि फरार उनलाई खोज्न पुणे प्रहरीले १३ टोली खटाएको थियो ।

राज्य महिला आयोगकी अध्यक्ष रुपाली चाकणकरका अनुसार अभियुक्तको पहिचान सीसीटीभी फुटेजबाट गरिएको हो । पुणेमा काम गर्ने पीडित युवतीले साथीको सल्लाहमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब