क्रिप्टोकरेन्सी ठगी मुद्दामा तमन्ना र काजलसँग जवाफ माग

  • फागुन १८, २०८१ | ४०६ पटक पढिएको | सीमा संदेश
alt

तमिलनाडु । पुडुचेरी साइबर क्राइम प्रहरीले तमिलनाडुको कोइम्बटूरबाट क्रिप्टोकरेन्सी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। यस मुद्दामा अभिनेत्री तमन्ना भाटिया र काजल अग्रवाललाई पनि सोधपुछ गरिने बताइएको छ। 

कोइम्बटूरको पुडुचेरी प्रहरीले क्रिप्टोकरेन्सी व्यापारको नाममा देशभर ५० करोड रुपैयाँसम्मको ठगी गर्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ। पुडुचेरी साइबर क्राइम प्रहरीले यस मुद्दामा तमन्ना र काजललाई बोलाएर सोधपुछ गर्ने निर्णय गरेको छ। 

उनीहरू दुवैले कम्पनीको सुरुवात कार्यक्रममा भाग लिएका थिए। यसका लागि दुवै अभिनेत्रीलाई महँगो उपहार पनि दिइएको थियो। 

प्रहरीले काजल र तमन्नासँग उनीहरूले कम्पनीको कार्यक्रममा भाग लिएका थिए वा उनीहरूको कुनै आर्थिक संलग्नता पनि थियो भनेर जवाफ मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस विषयमा तमन्ना भाटियाको टोलीले अभिनेत्रीको तर्फबाट एक विज्ञप्ति जारी गरेको छ। जसमा यो केवल अफवाह मात्र भएको भनिएको छ। अभिनेत्रीले यस्ता झूटा समाचारविरुद्ध कारबाही गर्ने बताएकी छिन्।

तमन्नाले भनिन्, ‘क्रिप्टोकरेन्सीमा मेरो संलग्नताको बारेमा अफवाह फैलाइएको छ। म मिडियालाई त्यस्ता कुनै पनि झूटा, भ्रामक र गलत रिपोर्ट र अफवाहहरू प्रसारण नगर्न अनुरोध गर्न चाहन्छु।’

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब