६० वर्षका आमिर खान फेरि प्रेममा परे !

  • चैत २, २०८१ | १२९ पटक पढिएको | सीमा संदेश
alt

आफ्नो ६०औं जन्मदिन आज मनाउँदै गरेका बलिवुड अभिनेता आमिर खान फेरि  प्रेममा परेका छन् । जन्मदिनकै अवसरमा आमिरले आफ्नी प्रेमिका गौरी स्प्रेटको बारेमा मिडियामा खुलासा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आमिरले आफ्ना दुई पूर्वपत्नीहरू, रीना दत्ता र किरण रावसँग राम्रो सम्बन्ध राख्छन् र सम्बन्ध विच्छेद पछि पनि परिवार जस्तै सम्बन्धमा रहेका छन् । अब, उनी तेस्रो पटक बेंगलुरुको गौरी स्प्रेटसँग प्रेममा परेका छन् । बलिउडका मिस्टर परफेक्शनिस्टको छबि बनाएका  आमिर खानले आफूलाई एक्लै बस्न मन नपर्ने र अब उनी गौरीसँग खुसी भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका थिए ।

गौरीको बारेमा उनले पाँच विशेष कुरा भनेका छन् । पहिलो कुरा, गौरी बेंगलुरुकी बासिन्दा हुन् र कपाल काट्ने व्यवसाय गर्छिन् । दोस्रो, उनी आमिरको प्रोडक्सन हाउसमा पनि काम गर्छिन् । तेस्रो, आमिरसँगको उनको मित्रता २५ वर्ष पुरानो हो, तर उनीहरूको सम्बन्ध विगत १८ महिना देखिको छ । चौथो, गौरी विवाहित छिन् र उनको छ वर्षको छोरा छ । पाँचौं, उनको मूल तमिल र आयरिश दुवै हो ।

रिपोर्ट अनुसार, आमिरले उनी र गौरीबीच २५ वर्ष अघि भेट भएको बताएका छन् तर पछि सम्पर्क टुटेको थियो । अब उनीहरू फेरि भेटेका छन् र सँगै छन् । 

उनले गौरीलाई फिल्म उद्योगको दुनियाँको लागि तयार पारिरहेको र उनको सुरक्षाको लागि व्यक्तिगत गार्ड पनि राखेको बताए । आमिरले गत बुधबार गौरीलाई आफ्ना साथी शाहरुख खान र सलमान खानसँग पनि परिचय गराएको बताएका छन् ।

देशभर गर्मी बढ्यो : पश्चिम तराईमा ४० डिग्री नाघ्यो

वर्षाका गतिविधि रोकिएसँगै देशभर गर्मी बढेको छ । पश्चिम ...

मधेशः लागूऔषध गाँजा तस्करको ‘हब’

मधेश प्रदेशमा लागूऔषध गाँजा तस्करको ट्रान्जिट प्वाइन्ट ...

जम्मुकम्मीर आतंकवादी हमलामा एक नेपालीको मृत्यु, छा

 भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंकका ...

वैशाख १० गते बुधबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८२ साल वैसाख १० गते, बुधबार । ईश्वी सन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब