अन्तरिक्षमा फसेका सुनीता र बुच पृथ्वीमा फर्किए

  • चैत ६, २०८१ | ५०५ पटक पढिएको | सीमा संदेश
alt

नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन्।

नेपाली समयअनुसार बुधबार बिहान ३ः५३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा आइपुगेको हो । जब सुनीता र बुच दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, तब उनीहरूको अनुहारमा मुस्कान देखिएको थियो । अन्तरिक्ष स्टेसनबाट जमिनमा पुग्न यानलाई १७ घण्टा लागेको बताइएको छ ।

अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि चार प्यारासुट खुले र उनीहरूलाई अमेरिकाको फ्लोरिडास्थित तटमा बिस्तारै अवतरण गरियो ।

नासाको कमर्सियल क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले सफलता दिलाएका चालक दलका सदस्यहरूको प्रशंसा गरे । सुनीता र बुच सन् २०२४ को जुन ५ मा स्टारलाइनर परीक्षण यानबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) गएका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कनुपर्ने थियो । तर अन्तरिक्षयानमा गडबडीका कारण उनीहरू उतै फस्न पुगेका थिए ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब