सिरहामा दलित बालिकामाथि सामुहिक बलात्कार, आरोपी फरार !

  • चैत ७, २०८१ | ६११ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको नरहा गाउँपालिका वडा नम्बर ५ तिलकपुर टोलकी १५ वर्षीय एक बालिकामाथि बलात्कार भएको घटनचा बाहिरिएको छ । 

केही दिन अगाडी सिरहामा दलित युवतिमाथि बलात्कारको घटना र आत्महत्याको घटना नसेलाउँदै पुनः एक सदाय समुदायकी बालिकामाथि दुई युवकले बलात्कार गरी भागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

पीडित बालिका फागुन २७ गते छिमेकी गाउँमा श्रम (काम) गर्न गएकी थिइन्। काम सकेर घर फर्किने क्रममा उनीसँग गएका दुई महिलाले उनलाई रोक्न खोजे। बालिकाले घर जान जिद्दी गरे पनि ती महिलाले पख–पख भन्दै रोके। सोही बेला नरहा गाउँपालिका वडा नम्बर ५ बलुवा टोलका साहिद मियाँ र सोबाहन मियाँ आएर जबरजस्ती ती बालिकालाई लिएर गएको प्रत्यदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । 

बालिकाले जान अस्वीकार गरेपछि साहिद मियाँले उनको हात समातेर खेततर्फ लगे। त्यहाँ लगेर साहिद र सोबाहनले पालैपालो जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन्। 

घटनापछि बालिका डरले परिवारका सदस्यलाई केही बताउन सकेकी थिइनन्। तर, श्रम गर्न गएका ती महिलाले बालिकालाई रक्सी खुवान आग्रह गरे नत्र घटना गाउँमा सुनाइदिने धम्की दिएको बताईएको छ । बालिकाले घटना घरमा सुनाएपछि मात्र बाहिरिएको हो । 

गाउँमा कुरा फैलिएपछि पीडित बालिकाकी भाउजु अनिता सदायले उनलाई सोधपुछ गर्दा पूरा घटनाबारे जानकारी दिएकी थिइन्। भाउजुले घटना थाहा पाइसकेपछि जिल्ला प्रहरी कार्यलय सिरहामा दुई जना महिला र मियाँ दाजुभाईमाथी उजुरी गरेका छ्न ।अहिले चारैजना फरार छ्न । 

यस विषयमा जिल्ला प्रहरी कार्यलय सिरहाका एसपी रमेश पण्डितले मुद्धा दर्ता भइसकेको जानकारी दिए । एसपी पाण्डितले भने,“पीडितले दिएको उजुरी अनुसार उनिहरुमाथी पक्राउ पुर्जी जारी भइसकेको छ ।” प्रहरीले ति ब्यक्तीहरुको खोजतलास गरिरहेको एसपी पाण्डितले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब