मधेश प्रदेशमा लागुऔषधसहित पक्राउ पर्नेको संख्यामा वृद्धि

  • चैत १९, २०८१ | ६०९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा पछिल्लो समयमा प्रतिबन्धित विभिन्न लागुऔषध सहित पक्राउ पर्नेहरुको संख्या बढ्दै गएको पाएको छ । सिमावर्ती देश भारतको विभिन्न सहर संग सिमानाका जोडिएको मधेश प्रदेशको सबै जिल्लामा अवैध रुपमा प्रतिबन्धित लागुऔषधको कारोबार भईरहेकाले पक्राउ पर्नेको संख्या बढ्दै गएको पाएको हो । 

प्रहरी तथ्यांक अनुसार मधेश प्रदेशमा चालु आर्थिक बर्ष ०८१/०८२ को ७ महिनामा विभिन्न प्रतिबन्धित लागुऔषध सहित ४ सय ६० जना पक्राउ परेका छन । यस्तै पक्राउ परेकाहरु मध्ये ३ सय ३२ जना माथी मुद्धा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका बरिष्ठ प्रहरी उपरिक्षक शान्तिराज कोईरालाले जानकारी दिए । 
उनका अनुसार भारत संग सिमानाका जोडिएको मधेश प्रदेशमा प्रतिबन्धित लागुऔषध गाँजा , ब्राउनसुगर ,चरेश , अफिम , हिरोईन ,ट्याबलेट , बोतल र ईन्जेक्सन सहित पक्राउ परेका छन । प्रहरी तथ्यांक अनुसार आठ जिल्ला रहेको मधेश प्रदेशमा मात्र ७ हजार ६ सय ११ किलो लागुऔषध गाँजा बरामद भएको छ । 
जसमा सबैभन्दा बढि सप्तरी जिल्लाबाट दुई हजार ९ सय ३ किलो र सबैभन्दा कम रौतहट जिल्लाबाट २७ किलो लागुऔषध गाँजा बरामद भएको तथ्यांकमा उल्लेख छ । 

यस्तै गत आर्थिक बर्ष ०८०/०८१ मा मात्र विभिन्न प्रतिबन्धित लागुऔषध सहित ११ सय ८ जना पक्राउ परेका छन । भने पक्राउ परेकाहरु मध्ये ७ सय ९६ जना माथी मुद्धा दर्ता भएको प्रहरी तथ्यांकले देखाएको छ ।  प्रहरीका अनुसार जसमध्ये लागुऔषध गाँजा मात्र ८ हजार पाँच सय ३९ किलो बरामद भएको छ । जसमा सबैभन्दा बढि सर्लाहीबाट मात्र २ हजार २ सय ४८ किलो बरामद भएको छ । भने सबैभन्दा कम सिरहाबाट एकसय ८६ किलो बरामद भएको अवस्था छ । 

गत आर्थिक बर्ष ०७९/०८० मा मधेश प्रदेशमा विभिन्न प्रतिबन्धित लागुऔषध सहित एक हजार ३ सय ४ जना पक्राउ परेका छन । यस्तै पक्राउ परेकाहरु मध्ये ९ सय ३७ जना माथी मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जसमध्ये लागुऔषध गाँजा मात्र ५हजार ६ सय ८३ किलो बरामद भएको छ । जसमा सबैभन्दा बढि बाराबाट मात्र एक हजार ५ सय ७ किलो बरामद भएको छ । भने सबैभन्दा कम रौतहटबाट दुईसय २० किलो बरामद भएको अवस्था छ । 

लागु औषध चरेश सहित पक्राउ पर्नेको संख्या बढ्दै 

चालु आर्थिक बर्ष ०८१/०८२ को ७ महिनामा एक सय ४१ किलो २७४ ग्राम लागु औषध चरेश बरामद भएको छ । प्रहरी तथ्यांक अनुसार आठ जिल्ला रहेको मधेश प्रदेशमा यो सबै पर्सा जिल्लाबाट मात्र बरामद भएको हो । 

यस्तै गत आव ०८०/०८१ मा एक सय २२ किलो ४६६ ग्राम प्रतिबन्धित लागु औषध चरेश बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकले देखाएको छ ।  जसमा बाराबाट ४५ किलो २३० ग्राम र पर्साबाट ७७ किलो १४४ ग्राम बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका बरिष्ठ प्रहरी उपरिक्षक कोईरालाले जानकारी दिए । 

उनका अनसार आठ जिल्ला रहेको मधेश प्रदेशमा सप्तरीबाट २४ ग्राम र सिरहाबाट ६८ ग्राम लागुऔषध चरेश बरामद भएको हो । 
गत आव ०७९/०८० मा एक सय ५० किलो लागुऔषध चरेश बरामद भएको बरिष्ठ प्रहरी उपरिक्षक कोईरालाले बताए । सिरहाबाट ३३ किलो , बाराबाट २२ किलो र पर्साबाट ९५ किलो चरेश बरामद भएको अवस्था छ । 

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब