ट्रम्प प्रशासनविरुद्ध १९ सय वैज्ञानिकले लेखे खुला पत्र

  • चैत १९, २०८१ | ४६८ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकाका १९ सयभन्दा धेरै वैज्ञानिकले ट्रम्प प्रशासनबाट विज्ञानमाथि आक्रमणको जोखिम रहेको भन्दै खुला पत्र लेखेका छन् । 

अमेरिकाको वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको संस्था नेशनल एकेडेमिज अफ साइन्सेज, इन्जिनियरिङ एन्ड मेडिसिनका १९ सयजनाभन्दा बढी सदस्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विज्ञानमाथि गरिरहेको आक्रमणको जोखिमबारे चेतावनी दिँदै अमेरिकी नागरिकलाई एक खुला पत्रमा हस्ताक्षर गरेका छन्।

ट्रम्प प्रशासनले अमेरिकी वैज्ञानिक संस्थानहरूमाथि निरन्तर आक्रमणको गरिरहेको बेला यो पत्र आएको द गार्जियन पत्रिकाले जनाएको छ । ट्रम्प प्रशासनले खासगरी अमेरिकाका निजी विश्वविद्यालयहरूलाई धम्की दिने, संघीय अनुदान रद्ध गर्नेलगायत सरकारी संस्थानहरूमा ठूलो मात्रामा रोजगारी कटौती गर्ने र सेन्सरसिप लगाउनेजस्ता काम गरिरहेको छ ।

“हामी यो क्षणमा वास्तविक खतरा देख्छौँ । हाम्रा विभिन्न राजनीतिक मान्यताहरू छन् । तर, हामी स्वतन्त्र वैज्ञानिक अनुसन्धानलाई सुरक्षित गर्न चाहने शोधकर्ताहरूको रूपमा एकजुट छौँ,” उनीहरूको पत्रमा उल्लेख छ, “हामी यो पत्र पठाउँदै स्पष्ट चेतावनी दिन चाहन्छौँ, राष्ट्रिय वैज्ञानिक अनुसन्धानको क्षेत्र ध्वस्त गरिँदैछ ।” 

नेशनल एकेडमी अफ साइन्सेजको स्थापना सन् १८६३ मा अब्राहम लिंकनको प्रशासनकालमा भएको थियो । द गार्जियन

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब