जन्ते बाख्रोको घामै राजा

  • चैत २३, २०८१ | ५४५ पटक पढिएको | सीमा संदेश
alt

सिमोस सुनुवारको निर्देशनमा निर्मित फिल्म जन्ते बाख्रोमा समावेश गीत घामै राजा सार्वजनिक गरिएको छ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत र स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई सप्राइजको रूपमा प्रस्तुत गरिएको छ। गीतको अडियो र भिडियो दुबै उत्कृष्ट बनेको छ।

निर्माता सन्तोष गौतमले फिल्मको निर्माणमा निकै मिहिनेत गरेकाले दर्शकले रुचाउने आशा व्यक्त गर्दै फिल्म नेपाल र विदेशमा एकैपटक रिलिज गर्ने तयारीमा रहेको पनि खुलाए। निर्देशक सिमोस सुनुवारले आप्mना अघिल्ला फिल्मको गल्ती कमजोरी जन्ते बाख्रोमा सुधार गर्दै दर्शकमाझ एउटा राम्रो सिनेमा पस्किने तयारी गरेको बताए। फिल्मकी मुख्य अभिनेत्री गरिमा शर्माले आफू पहिलोपटक सिनेमा मुख्य भूमिकामा देखिएकाले स्टेज चढ्दा डर लागेको बताइन्।

आगामी जेठ ९ गते रिलिज हुने फिल्ममा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारले अभिनय गरेका छन्। सामाजिक कमेडी कथावस्तुमा निर्मित फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद, हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको सिनेमाटोग्राफी र सुनिल शिवभक्तिको सम्पादन रहेको छ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब