बोक्सी हुन्छ भने कसैले मलाई लगाइदेओस्: प्रधानमन्त्री ओली

  • चैत २७, २०८१ | ६५१ पटक पढिएको | सीमा संदेश
alt

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा बोक्सीको अन्धविश्वासलाई चिर्न जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताएका छन् । यदि बोक्सी हुने भए आफूलाई नै लगाइदिन उनले चुनौती दिए ।

मंगलवार मधेशको प्रदेशसभामा सम्बोधन गर्दै ओलीले आफूलाई गाली गर्नभन्दा बोक्सी लगाइदिन चुनौती दिएका हुन् ।

उनको भनाइको सार यस्तो थियो

अहिले पनि यस प्रदेशमा सबैभन्दा बढी बोक्सी बोक्सी बोक्सी भन्या सुनिन्छ । बोक्सी हुन्थ्यो भने लडाइँ किन गर्थे होला ? यत्रो हतियार खर्च गरेर लडाइँ गर्नुभन्दा त एउटा बोक्सी लगाइदिए भयो नि त ! मलाई यत्रो दुनियाँले गाली गर्‍या छ, सराप्या छ, यो मधेश प्रदेशमा कोही बोक्सी छ भने कसैले मलाई लगाइदेओस् न ! बोक्सी लगाइदिए भइगो, यत्रो गाली गरेर किन हिँड्नुपर्‍या छ ? यो नहुने र नचाहिने कुरा, अन्धविश्वासको पनि हद हो ।

जसले ‘क’ अक्षर पढ्या छैन, ऊ यस्तो विद्वान र यस्तो जान्ने छ कि घर बसीबसी मान्छेलाई बाण हान्छ रे ! न धनु न काँड ! हावामै बाण हान्छ । यस्तो पनि हुन्छ कहीँ ? आजको जमानामा यस्तो कुरा पनि पत्याएर हिँड्ने हामी जनप्रतिनिधिले यस्ता असम्भव र नहुने कुरामा जनचेतना जगाउनुपर्छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब