चट्याङ लागेर २४ घण्टामै आठको मृत्यु

  • चैत २९, २०८१ | ५७९ पटक पढिएको | सीमा संदेश
alt

चट्याङ लागेर २४ घण्टामै आठजनाको ज्यान गएको छ । मौसममा आएको फेरबदलसँगै बुधबार र बिहीबार बिहान परेको चट्याङले सुदूरपश्चिममा तीन, कोशी र लुम्बिनीमा दुई–दुई र मधेशमा एकजनाको मृत्यु भएको हो । 

सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिका– १, तल्लोकुटीकी बिरु सार्कीका नौमहिने छोरा दृष्टि, डोटीको सायल गाउँपालिका– ६ की ३३ वर्षीया कमला नागरी र बझाङको बित्थडचिर गाउँपालिका– ३ की ७८ वर्षीया धौली बोहराको मृत्यु भएको छ । उनीहरूको बुधबार राति मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए ।

कोशीमा झापाको गौरादह नगरपालिका– ५ मा ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पाँचथर मिक्लाजुङ घर भई गौरादह बस्ने लावतीलाई बुधबार घरमै खाजा खाने क्रममा चट्याङ लागेको हो । 

मोरङको कानेपोखरी गाउँपालिका– १, होक्लाबारी मामाघर गएका सुनसरीको इटहरी उपमहानगरपालिकाका १२ वर्षीय आविष्कार बरालको पनि चट्याङमा परेर बुधबारै ज्यान गएको छ । घाइते अवस्थामा विराट टिचिङ अस्पताल पुर्‍याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनायो । 

त्यस्तै, लुम्बिनीमा अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका– १०, लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्ती र रोल्पाको सुनीलस्मृति गाउँपालिका– ५ की १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको छ । बिहीबार बिहान चट्याङ लागेर घाइते भएका यमबहादुरको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा दिउँसो ज्यान गएको र धनमायाको बुधबार राति नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जनार्दन जिसीले बताए । 

मधेशमा धनुषाको नगराइन नगरपालिका– ८ की ६० वर्षीया बेचनदेवी पासवानको मृत्यु भएको छ । बुधबार बिहान घरनजिकै आँपको बगैँचामा गएकी उनको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ लागेर दुई दिनमा देशभर ११ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा देशका अधिकांश ठाउँमा चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स त्यस्तै, आगामी केही दिन पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार आगामी तीन दिनमा विगत २४ घण्टाको जति वर्षा नभए पनि सुक्खा भने हुनेछैन । पछिल्लोे २४ घण्टामा देशभर हल्कादेखि मध्यमसम्मको वर्षा भएको उनले बताए । 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब