बिहारमा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, कन्हैया कुमार गिरफ्तार

  • चैत २९, २०८१ | ४५९ पटक पढिएको | सीमा संदेश
alt

बिहारको पटनामा भारतीय कंग्रेसको ‘पलायन रोक, रोजगारी देऊ यात्रा’का क्रममा शुक्रबार प्रहरीले नेता कन्हैया कुमारसहित पार्टी कार्यकर्ताहरूलाई हिरासतमा लिएको छ।

कंग्रेसको र्‍याली बिहारका मुख्यमन्त्री नितिश कुमारको निवासतर्फ अघि बढ्दै गर्दा कंग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

र्‍यालीका क्रममा प्रहरीले कंग्रेस कार्यकर्तालाई लाठीचार्ज गर्नुका साथै पानीको फोहोराले हानेको थियो।

यसैबीच कन्हैयाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हाम्रो रोजगारी यात्रा टुंगिएको छैन, बरु यो पहिलो चरण हो, जसमा हामी रोजगारीको मुद्दालाई केन्द्रमा ल्याउन सफल भएका छौँ।’

पटनामा कन्हैया कुमार मुख्यमन्त्री नितिश कुमारलाई ज्ञापनपत्र बुझाउन कंग्रेसको कार्यालय सदकत आश्रमबाट निस्केका थिए। उनको यो यात्रामा कंग्रेस नेता सचिन पायलट, सुप्रिया श्रीनेटलगायत धेरै नेता सामेल थिए।

हिरासतमा परेपछि कन्हैया कुमारले पत्रकारूसँग भने, ‘हामीले पानीको तोप मागेका होइनौँ, हामी पानी हाम्रो धारामा आओस् भन्ने चाहन्छौँ।’

उनले थपे, ‘सरकार धारामा पानी दिँदैन, विद्यार्थी र युवामाथि खन्याउँछ।’

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब