दलित किशोरीको शंकास्पद मृत्यु

  • वैशाख ४, २०८२ | ६४९ पटक पढिएको | सीमा संदेश
alt

फेरि यौनहिंसामा पर्न सक्ने त्रासले तीन वर्षअघि विद्यालय जान छाडेकी एक दलित किशोरी मृत भेटिएकी छन् । सप्तरीको सुरुंगा–७ हरिपुर रामटोलकी १८ वर्षीया पूजाकुमारी राम घरदेखि एक किलोमिटर दक्षिण–पूर्वतर्फ तीनगछियाँ भन्ने ठाउँमा मंगलबार मृत भेटिएकी हुन् । 

घरबाट राति बेपत्ता भएकी पूजाको शव बिहान भेटिएको थियो । पूजाको हत्या भएको भन्दै आमा रामवतीदेवीले बुधबार इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी छन् ।

घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानमा किशोरीको हत्या भएको आशंका छ, पोस्टमार्टम रिपोर्ट आइसकेको छैन,’ उनले भने ।

१४ मंसिर २०७८ मा विद्यालयबाट घर फर्किरहेकी पूजालाई स्थानीय ठाकुर थरका किशोरले सडकबाटै घिसारी आँपको बगैंचामा लगेर बलात्कार गर्न खोजेका थिए । पूजा कराएर भाग्न सफल भएकी थिइन् । प्रहरीले २० मंसिरमा ती किशोरलाई नियन्त्रणमा लिएको थियो ।

किशोरविरुद्ध जबर्जस्ती करणी उद्योगमा सप्तरी जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । थुनछेक बहसमा अदालतले अभियुक्त नाबालक भएका कारण पछि ठहरेबमोजिम हुने भन्दै तत्कालका लागि आवश्यक परेको बेला उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाउने आदेश दिएको थियो ।

पछि मुद्दाको फैसला गर्दै अदालतले प्रतिवादीको उमेर १६ वर्ष मात्रै भएका कारण बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ (४) बमोजिम ठहर भएको सजायको दुई तिहाइले हुने ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तोकेको थियो । क्षतिपूर्तिबापत २० हजार रुपैयाँ पीडितलाई उपलब्ध गराउन पनि अदालतले आदेश दिएको थियो ।

अदालतको फैसलापछि भने अभियुक्त फरार भएका थिए । किशोर फरार भएका कारण फेरि यौनहिंसामा पर्न सक्ने त्रासले पूजा विद्यालय जान छाडेकी थिइन् । त्यति बेला पूजा मसिलाल जनता (प्राविधिक) विद्यालय कुशहामा कक्षा १० मा अध्ययनरत थिइन् । पूजाको शंकास्पद मृत्युपछि प्रहरीले जबर्जस्ती करणी उद्योगमा दोषी ठहर भएका किशोरलाई मंगलबार गाउँबाटै पक्राउ गरेको छ । ‘तत्कालीन अवस्थामा सजाय तोकिएका र पछिल्लो घटनामा पनि शंकास्पद रहेका किशोरलाई गाउँबाट नियन्त्रणमा लिएका छौं,’ प्रहरी उपरीक्षक खतिवडाले भने ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब