कल्याणपुरमा चट्याङ लागेर एक मृत्यु

  • वैशाख ५, २०८२ | ६७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा जिल्लाको कल्याणपुरमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका किसान ४५ वर्षिय बेचन रोहीताको बिहीवार बेलुका चट्याङ्ग लागेर मृत्यु भएको हो। 

गहुँ थे्रसर गरेर फर्कने क्रममा बाटोमा चट्याङ्ग लागेर घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष दिनेश साहले जानकारी दिए। ‘गहुँ थे्रसर गरेर फर्कने क्रममा पानी परेपछि श्रीमतीसहित नजीकैको खेत रुङ्न बनाएको खोपडी (परोलको छाप्रो)मा श्रीमतीसहित सुरक्षित भएर बसेका थिए। त्यहीबेला श्रीमतीलाई  खोपडीमा छोडेर नजीकै रहेको साइँकल लिन जाँदा चट्याङ्ग परेर रोहीताको घटनास्थलमै ज्यान हो;’ वडा अध्यक्ष साहले जानकारी दिए। 

रोहीता कल्याणपुर नगरपालिकामा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थिए। 

रोहीताको शव राती नै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, सिरहा पठाइएको छ। 

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब