मेहेन्दी उत्सवमा हुनेवाला दुलाहासँग रोमान्टिक देखिइन् अस्मी (तस्वीर)

  • वैशाख ७, २०८२ | ३०५ पटक पढिएको | सीमा संदेश
alt

आउँदो सोमबार पूर्वमिस नेपाल तथा सोसल मिडिया इन्फ्लुएन्सर अस्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिदैछिन् । वैवाहिक समारोह बिहीबारदेखि नै सुरु भैसकेको छ ।

प्रेमी सशांकलाल श्रेष्ठसँग विवाह गर्न लागेकी अस्मीको बिहीबार मेहेन्दी समारोह आयोजना भयो । प्राप्त तस्वीरमा अस्मी र सशांक रोमान्टिक र प्रफुल्ल देखिएका छन् ।

आकर्षक फुल र सजिसजाउको सेटमा यी दुईजनाले आकर्षक फोटोसुट गराएका छन् । ‘अब सँधैको लागि सुरुवात’ लेख्दै अस्मीले प्रशंसकलाई मेहेन्दीका फोटो सार्वजनिक गराएकी छन् ।

शिवांगीको आकर्षक डिजाइनमा अस्मी र सशांक हरियो रङको पहिरनमा आकर्षक पनि देखिएका छन् । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

अस्मी र उनका प्रेमीबीच २०८० साल पुस २० गते अमेरिकाको न्यूयोर्कमा इन्गेजमेन्ट भएको थियो । कामको कुरा गर्दा, अस्मी होस्ट र जजको रुपमा देखिन लागेको टेलिभिजन कार्यक्रम ‘नेपाल्स नेक्स्ट टप मोडल’ हिमालय टिभीबाट प्रसारणको तयारीमा छ ।

 

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब