जम्मुकम्मीर आतंकवादी हमलामा एक नेपालीको मृत्यु, छानीछानी हिन्दूको हत्या

  • वैशाख १०, २०८२ | ३०६ पटक पढिएको | सीमा संदेश
alt

 भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमलामा परेर मारिएकामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको छ । हमलामा परेर २६ जनाकाे ज्यान गएको थियो ।

भारतीय  सञ्चारमाध्यम एबीपीले १६ जना मृतककाे नाम सार्वजनिक गरेकाे  गरेकाे छ । जसमा नेपालका सन्दीप सुवेदी पनि रहेका छन् ।  एबीपीले सार्वजनिक गरेकाे लिस्टमा सुवेदीकाे नेपालकाे ठेगाना खुलेकाे छैन ।

त्यस्तै हत्या हुनेमा एक जना यूएइका पनि रहेका छन् भने बाँकी  भारतका  विभिन्न राज्यका अधिकांश पर्यटक रहेका छन् ।

आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेका आतंककारीहरुको हमला गरेका  थिए ।

मृतकहरु सख्या बढ्न सक्ने भारतीय समाचार  एजेन्सीहरुले बताएकाे छ । सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।

जम्मु र काश्मिरका मुख्यमन्त्री ओ मार अब्दुल्लाले आतंककारीहरुलाई जनावर उपनाम दिएर खण्डन गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले हत्यारालाई सजाय हुने बताएका छन् ।

आतंकवादी हमला भएसँगै साउदी अबरको भ्रमण रद्ध गरेर भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कर्दैछन् ।  लिस्टमा नेपालमा ठेगाना खुलेको छैन ।

490996019_1225512105673209_4670846081999310462_n

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब