आलोचकलाई कवितामार्फत सुरक्षाको जवाफ : संस्कार नहुँदासम्म, मलाई छुन नआउनु

  • वैशाख १४, २०८२ | ५६१ पटक पढिएको | सीमा संदेश
alt

एक टिभी अन्तर्वार्तामा बोलेकै आधारमा अभिनेत्री सुरक्षा पन्त यतिबेला सामाजिक संजालमा ट्रोल बनिरहेकी छन् । अन्तर्वार्ताको क्रममा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र ह्यान्डसम् रहेको र फिल्म खेल्न उपयुक्त हुने अभिव्यक्ति दिएपछि पन्तमाथि राजावादीहरू गालीगलौजमा उत्रिएका छन् ।

कतिपय त सुरक्षाको पछिल्लो फिल्म ‘खेल’लाई बहिष्कार गर्नुपर्छ भन्दै विरोधमा उत्रिए ।

सुरक्षाको समर्थन गर्ने ऋचा शर्मा लगायतका अन्य सेलिब्रेटीलाई पनि राजावादीले गाली गरिरहेका छन् । ऋचाले त आफूलाई अश्लिल गाली गर्ने सामाजिक संजाल प्रयोगकर्ताको म्यासेजको स्क्रिनसट् नै सेयर गरिदिएकी छन् । महेश बस्नेत, रामकुमारी झाँक्री सुरक्षाको समर्थनमा उत्रिएका छन् ।

धेरैले सुरक्षाको समर्थन गर्दै उनको अभिव्यक्ति र राजनीतिक स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने बताएका छन् ।

सुरक्षाको अभिव्यक्तिलाई लिएर सामाजिक संजालको टाइमलाइन राजावादी र गणतन्त्रवादीको कित्तामा बाँडिएको देखिन्छ । यस्तोमा, शनिबार बेलुका सुरक्षाले आफूलाई गालीगलौज गर्नेलाई जवाफ दिँदै फेसबुकमा कविता सेयर गरेकी छन् । यस्तो छ सुरक्षाको कविता :

समर्पित

मेरो रजस्वला भैरहेको छ
मलाई अहिले छुन नआउनु !

पहिलो दिन अलि विचार हुन्छ,
दोस्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाचौं दिनमा तुच्छ ! तुच्छ ! आकार..
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु ।

सुरक्षाले कवितामार्फत आफूलाई बहिष्कार गर्नुपर्छ भन्दै विरोधमा उत्रिनेलाई जवाफ दिएको बुझ्न कठिन छैन । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका कलाकार आफ्ना अभिव्यक्तिको कारण एकपछि अर्कोगरि विवादमा तानिएका छन् ।

आफ्नो फिल्म ‘वसन्त’ रिलिजअघि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि गायक तथा निर्देशक प्रकाश सपुत विवादमा तानिए । कतिपयले उनको फिल्म बहिष्कार गर्नुपर्छ भन्दै विरोधमा उत्रिए ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब