जिहादी समूहको आक्रमणमा नाइजेरियामा कम्तीमा १४ जना मारिए

  • वैशाख १५, २०८२ | २३१ पटक पढिएको | सीमा संदेश

नाइजेरियाको उत्तरपूर्वी बोरनो राज्यमा जिहादी समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १४ जना किसानको ज्यान गएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

गोब्जा जिल्लास्थित पुल्का सहर नजिकै शनिबार किसानहरू खेतमा काम गरिरहेका बेला आक्रमण गरिएको थियो । गोब्जाका राजनीतिक प्रशासक अब्बा शेहु टिम्ताका अनुसार सेनाले नजिकैका झाडी क्षेत्रमा थप शवको खोजी गरिरहेको छ ।

विगतमा पनि पटक–पटक जिहादी आक्रमणको सिकार बन्दै आएको उक्त क्षेत्र क्यामरुनको सीमासँग जोडिएको छ । ‘आक्रमणकारीले खेतमा काम गरिरहेका १४ किसानको हत्यासँगै अन्य चार जनालाई घाइते बनाएका छन्,’ टिम्ताले भने । उनले यो आक्रमण बोको हराम समूहद्वारा गराइएको आरोप लगाए ।

टिम्ताका अनुसार आक्रमण नजिकैको ब्लेई गाउँबाट सुरु भएको थियो, जहाँ आक्रमणकारीको शिविर रहेको विश्वास गरिएको छ । बोको हराम र यसका प्रतिस्पर्धी समूह इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्लूएपी) ले हालैका वर्षमा किसान, माछा मार्ने, दाउरा संकलन गर्ने, गोठाला र फलामका टुक्रा संकलन गर्ने निम्न वर्गका मजदुर, किसानलाई आक्रमणको निसाना बनाउँदै आएका छन् ।

गोब्जा क्षेत्रमा बोको हरामले सन् २०१४ देखि नै आक्रमण गर्दै आएको छ । उक्त वर्ष बोको हरामले गोब्जा क्षेत्रलाई आफ्नो ‘खिलाफत’ अन्तर्गत घोषणा गर्दै नियन्त्रणमा लिएको थियो । यद्यपि, सन् २०१५ मा नाइजेरियन सेनाले चाडियन सेनाको सहयोगमा उक्त क्षेत्र पुनः नियन्त्रणमा लिएको थियो ।

बोरनो राज्यका गभर्नर बबागाना जुलुमले यस आक्रमणको अघिल्लो दिन शुक्रबार मात्रै आतंकवादविरुद्धको लडाइँमा केही सैन्य कमजोरी भएको स्वीकार गर्दै चिन्ता व्यक्त गरेका थिए । बोको हरामले अझै पनि मन्डारा पर्वत शृंखलाबाट आक्रमण जारी राखिरहेको छ । उक्त क्षेत्रका महिलालाई अपहरण गर्ने र काठ तथा फलफूल संकलन गर्न गएकाहरूलाई लक्षित गर्ने घटनाहरू निरन्तर भइरहेका छन् ।

सन् २००९ यता यो जिहादी द्वन्द्वका कारण नाइजेरियाको उत्तरपूर्वमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झन्डै २० लाख स्थानीय विस्थापित भएका छन् । यो द्वन्द्व छिमेकी मुलुकहरू चाड, नाइजर र क्यामरुनसम्म फैलिएको छ, जसका कारण क्षेत्रीय संयुक्त सुरक्षा बल गठन गरिएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब