जिहादी समूहको आक्रमणमा नाइजेरियामा कम्तीमा १४ जना मारिए

  • वैशाख १५, २०८२ | २७२ पटक पढिएको | सीमा संदेश

नाइजेरियाको उत्तरपूर्वी बोरनो राज्यमा जिहादी समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १४ जना किसानको ज्यान गएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

गोब्जा जिल्लास्थित पुल्का सहर नजिकै शनिबार किसानहरू खेतमा काम गरिरहेका बेला आक्रमण गरिएको थियो । गोब्जाका राजनीतिक प्रशासक अब्बा शेहु टिम्ताका अनुसार सेनाले नजिकैका झाडी क्षेत्रमा थप शवको खोजी गरिरहेको छ ।

विगतमा पनि पटक–पटक जिहादी आक्रमणको सिकार बन्दै आएको उक्त क्षेत्र क्यामरुनको सीमासँग जोडिएको छ । ‘आक्रमणकारीले खेतमा काम गरिरहेका १४ किसानको हत्यासँगै अन्य चार जनालाई घाइते बनाएका छन्,’ टिम्ताले भने । उनले यो आक्रमण बोको हराम समूहद्वारा गराइएको आरोप लगाए ।

टिम्ताका अनुसार आक्रमण नजिकैको ब्लेई गाउँबाट सुरु भएको थियो, जहाँ आक्रमणकारीको शिविर रहेको विश्वास गरिएको छ । बोको हराम र यसका प्रतिस्पर्धी समूह इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्लूएपी) ले हालैका वर्षमा किसान, माछा मार्ने, दाउरा संकलन गर्ने, गोठाला र फलामका टुक्रा संकलन गर्ने निम्न वर्गका मजदुर, किसानलाई आक्रमणको निसाना बनाउँदै आएका छन् ।

गोब्जा क्षेत्रमा बोको हरामले सन् २०१४ देखि नै आक्रमण गर्दै आएको छ । उक्त वर्ष बोको हरामले गोब्जा क्षेत्रलाई आफ्नो ‘खिलाफत’ अन्तर्गत घोषणा गर्दै नियन्त्रणमा लिएको थियो । यद्यपि, सन् २०१५ मा नाइजेरियन सेनाले चाडियन सेनाको सहयोगमा उक्त क्षेत्र पुनः नियन्त्रणमा लिएको थियो ।

बोरनो राज्यका गभर्नर बबागाना जुलुमले यस आक्रमणको अघिल्लो दिन शुक्रबार मात्रै आतंकवादविरुद्धको लडाइँमा केही सैन्य कमजोरी भएको स्वीकार गर्दै चिन्ता व्यक्त गरेका थिए । बोको हरामले अझै पनि मन्डारा पर्वत शृंखलाबाट आक्रमण जारी राखिरहेको छ । उक्त क्षेत्रका महिलालाई अपहरण गर्ने र काठ तथा फलफूल संकलन गर्न गएकाहरूलाई लक्षित गर्ने घटनाहरू निरन्तर भइरहेका छन् ।

सन् २००९ यता यो जिहादी द्वन्द्वका कारण नाइजेरियाको उत्तरपूर्वमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झन्डै २० लाख स्थानीय विस्थापित भएका छन् । यो द्वन्द्व छिमेकी मुलुकहरू चाड, नाइजर र क्यामरुनसम्म फैलिएको छ, जसका कारण क्षेत्रीय संयुक्त सुरक्षा बल गठन गरिएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब