बलान खोलाको पुल ५ वर्षदेखि अलपत्र, निर्माण कम्पनी सम्पर्कविहीन

  • वैशाख २६, २०८२ | ५९६ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको बलान बिहुल गाउँपालिका र सिरहाको भगवानपुर गाउँपालिका जोड्ने गरी पाँच वर्षअघि बलान खोलामा निर्माण थालिएको झोलुंगे पुल अलपत्र बनेको छ । संघीय सरकारको अनुदानबाट आर्थिक वर्ष ०७६/०७७ मा भगवानपुर गाउँपालिकाले सो पुल निर्माण गर्न ठेक्का लगाएको थियो ।

कुल ४ करोड २१ लाख ४९ हजार रुपैयाँमा पुल निर्माण गर्ने सम्झौता गरेको आइडी अंशुमन एसोसिएट्स जोइन्ट भेन्चर (जेभी) ले अहिलेसम्म पुलको दुईतिरको फाउन्डेसन पनि पूर्ण रुपमा बनाउन सकेको छैन । ०७७ असार २६ गते भएको सम्झौताअनुसार ३० महिनाभित्र (०७९ पुस २६) सो पुल निर्माण हुनुपर्ने थियो । तर, ०७८ भदौ १३ गतेसम्ममा झन्डै डेढ करोड रुपैयाँ भुक्तानी पाइसकेको निर्माण कम्पनी भने पुल निर्माण कार्य अलपत्र छाडेर सम्पर्कविहीन छ ।

०७८ भदौ १३ गतेसम्ममा एक करोड ३३ लाख रुपैयाँ भुक्तानी पाइसकेको कम्पनीले त्यसयता पुल निर्माण कार्य गरेको छैन । निर्माण कम्पनीले काम गर्न नमान्दा आर्थिक वर्ष ०७९/०८० मा आएको बजेट पनि फिर्ता भइसकेको भगवानपुर गाउँपालिकाका प्राविधिक आनन्ददेव महतोले बताए । ‘त्यो वर्ष ८ लाख रुपैयाँ आएको थियो, थोरै बजेट छ भनेर निर्माण कम्पनीले काम गर्नै मानेन, हामीले पत्राचार पनि गर्‍यौं तर सम्पर्कमा आएन,’ उनले भने, ‘बजेट अभाव त छ नै, म्याद पनि थप हुन सकेको छैन ।’

म्याद सकिएर अहिले पुल निर्माण कार्य अलपत्र हुँदा जनप्रतिनिधिले नै ती योजनाको छानबिन हुनुपर्ने माग गरेका छन् । ‘पुल बन्दा जनतालाई आवतजावत गर्न सहज हुन्थ्यो तर झन्डै डेढ करोड खर्च भइसकेर पनि निर्माण कार्य अलपत्र हुनु दु:खद हो,’ बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले भने, ‘स्थलगत हेर्दा कामको अनुपातमा बजेट बढी खर्च भएको देखिन्छ, यसको छानबिन हुनुपर्छ ।’

भगवानपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले आफू नयाँ भएकोले ती योजनाबारे धेरै जानकारी नरहेको बताए । निर्माण कम्पनीका प्रतिनिधि बसन्त बुढाथोकीसँग भने सम्पर्क हुन सकेन ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: तपाईहरूले त्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रस ...

असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । ...

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब