चाहना विपरीत पटक-पटक यौनसम्पर्क राख्न खाेजेकाे भन्दै चिर्पटले हानेर श्रीमानको हत्या

  • वैशाख ३१, २०८२ | २९१ पटक पढिएको | सीमा संदेश
alt

दाङको बंगलाचुली गाउँपालिका वडा नं ७ हल्दीकी ५० वर्षीय संगीता सुनारी मगरले श्रीमानले आफ्नो चाहना विपरीत पटक पटक यौनसम्पर्क गर्न खोजेपछि रिसको झोँकमा दाउराले हानेर श्रीमानको हत्या गरेकी छन् । ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरलाई उनले सोमबार साँझ आफ्नै घरमा हानेको प्रहरीसमक्ष स्वीकार गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीका अनुसार सुनारीले श्रीमानको हत्या गरेको खबर त्यहाँबाट वडाध्यक्षले टेलिफोनमा खबर गरेपछि आफूहरु पुगेर उनलाई घरबाटै पक्राउ गरिएको हो । प्रहरीले उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको उनले बताए ।

‘वडाध्यक्षले खबर गरेपछि हामीले स्थानीयलाई निज महिलालाई बाहिर भाग्न नदिन आग्रह गरेर गएका थियौं, हामीले मृतकको शव र उनकी श्रीमतिलाई लिएर आएका हौं सोमबार राती नै’ उनले भने –‘संगीताले श्रीमानले आफ्नो चाहना विपरीत पटक पटक सम्बन्ध राख्न खोजेपछि रिसले सुरुमा टर्चलाइट र पछि नजिकै रहेको दाउराले हानेको बताएकी छन्, त्यो टर्च र दाउरा पनि सँगै ल्याएका छौं ।’

प्रहरी निरीक्षक ऐरीका अनुसार सोमबार साँझ दुवैजनाले सँगै बसेर गहुँको छ्याङ खाएका थिए । खाएपछि केही मात्तिएका श्रीमानले श्रीमतिलाई जिस्काएको र चाहना विपरीत सम्बन्धका लागि पटक पटक प्रयास गरेको दावी ती महिलाले गरेकी छन् ।

स्थानीय र प्रहरीका अनुसार संगीता र पुनाराम दुवैको दोस्रो विहे हो । संगीताका श्रीमान तथा पुनारामको श्रीमति बितेपछि केही समयअघि विवाह गरेका हुन् । तर बिहेपछि उनीहरु पटक पटक झगडा गरिरहन्थे । उनीहरुको ५ वर्षको छोरा र ११ वर्षको छोरी रहेका छन् । पुनारामको मृत्यु र संगीता जेल जाने भएसँगै दुई छोरा छोरीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीयलाई समस्या परेको छ ।

वंगलाचुली गाउँपालिका वडा नं ७ का अध्यक्ष गिरबहादुर थापाले दोस्रो बिहे गरेका दुवैजनाबीच पहिले पनि विवाद भएको र सोमबार राती यस्तो घटना भएको जानकारी दिए । ‘पहिले पनि ती महिलाले श्रीमानलाई मार्न खोजेको भनेर उजुरी आएको थियो, तर गाउँले बसेर सम्झाएपछि समाधान भएको रहेछ, दुवैले रक्सी खाएर झगला गर्नेरहेछन्, हिजो राती घटना सुनेपछि प्रहरीलाई बोलाएर म पनि गएको हुँ, महिलाले रिसको झोँकमा हानेको प्रहरीलाई बताएकी छन्, अब दुई छोराछोरीको व्यवस्थापन चुनौती थपिएको छ’ उनले भने ।

भारतमा पटाका उद्योगमा विष्फोट हुँदा २४ जनाको मृत्य

भारतको दक्षिणी क्षेत्र तामिलनाडुको भिरुदुनगरमा एक पटाका ...

दुर्लभ राजगोमन सर्पको उद्धार

महोत्तरीको बर्दिबास नगरपालिका–३ राजाबास गाउँबाट क ...

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग

जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका ...

वैशाख ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख ७ गते । सोमबार । इस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब