गाजाको सुरक्षित क्षेत्र मानिने अल-मावासीमा इजरायली आक्रमण, ३६ जनाको मृत्यु

  • जेठ ४, २०८२ | ४९८ पटक पढिएको | सीमा संदेश
alt

इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था  अलजजिराले जनाएको छ ।

इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । पछिल्लो समय इजरायली सेनाले स्थल आक्रमणलाई विस्तार गर्ने तयारी गरिरहेको  । यसैबेला कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ ।

यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।

उनीहरूले गाजामा मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । एक लाख २० हजार ६७३ जना घाइते भएका छन् ।

गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु सङ्ख्या अझ बढ्दै गएको जनाउँदै ६१ हजार ७०० भन्दा बढीको मृत्यु भएको अनुमान गरेको छ । भग्नावशेषमा पुरिएका हजारौं मानिसहरू अझै बेपत्ता छन् ।

यता, हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको ज्यान गएको थियो भने २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरण गरिएको इजरायलको दाबी छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब