अफताब आलम र सोती हत्याकाण्डको फैसलाविरुद्ध पुनरावेदनमा जाने सरकारकाे तयारी

  • जेठ २२, २०८२ | ४७१ पटक पढिएको | सीमा संदेश
alt

रौतहटको ईट्टाभट्टामा जिउँदै मानिस जलाएको आरोपमा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको  र रुकुम सोती हत्याकाण्डमा उच्च अदालत सुर्खेतको फैसलाविरुद्ध सरकार पुनरावेदनमा जाने भएको छ ।

१९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा बुधबार राष्ट्रिय दलित आयोगले काठमाडौंमा गरेको कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले उक्त जानकारी गराए ।

२०६४ को पहिलो संविधान सभाको निर्वाचनमा बम बनाएर मतदाता तर्साइ निर्वाचनलाई आफ्नो पक्षमा पार्ने कार्य गरिरहँदा आफैं बम पड्किएर घाइते भएकालाई आफ्नै इट्टाभट्टामा जलाएको ठहर गर्दै जिल्ला अदालत रौतहटले जन्मकैद गरेका आलमलाई वीरगञ्ज उच्च अदालतले सफाइ दिएर जेलमुक्त भएका थिए ।

त्यस्तै, अन्तजातीय प्रेम विवाह गर्न खोजेकै कारण जाजरकोटका नवराज विकसहित ६ जनालाई स्थानीय लखेटेर हत्या गरेका थिए । घटनामा संलग्न २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदसँगै जातीय भेदभाव तथा छुवाछुतको मुद्दामा पनि दोषी ठहर गरेको थियो ।

तर, उक्त मुद्दामा उच्च अदालत सुर्खेतमा प्रतिवादीले पुनरावेदन गरेकोमा न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैद भएका सबैको सजाय सदर गरेका थिए ।

उनीहरूविरुद्ध जातीय छुवाछुत अभियोग लागेकोमा उच्चले उक्त कसुरमा भने सबैलाई सफाइ दिएको थियो ।

यसरी आलमको फैसला र सोती घटनामा जातीय छुवाछुतमा सफाइ दिने फैसलाविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गर्ने भएको हो ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब