ट्रम्पले लगाए यी १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

  • जेठ २२, २०८२ | ३०९ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्।

बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएका हुन्।

प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्।

त्यस्तैअ अन्य ८ मुलुकलाई पनि आंशिक प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ।

‘हामी हाम्रो देशलाई नोक्सानी पुर्‍याउन चाहनेहरूलाई प्रवेश अनुमति दिँदैनौं,’ ट्रम्पले ट्रुथ सोसलमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्।

प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा थप संशोधन हुन सक्ने पनि ट्रम्पले बताएका छन्। उनले प्रतिबन्ध लगाइएको देशहरूको सूचीमा अरू देशहरु पनि थपिन सक्ने बताएका हुन्।

यी प्रतिबन्धहरू जुन ९ देखि लागू हुने बताइएको छ।

ट्रम्पले यात्रा प्रतिबन्ध लगाइएका यी देशहरुमा आतंकवादको ठूलो उपस्थिति रहेको दाबी गरेका छन्। त्यहाँ भिसा सुरक्षामा सहयोगको कमी रहेको, यात्रुको पहिचान पुष्टि गर्ने क्षमता अभाव रहेको र आपराधिक इतिहासको पर्याप्त अभिलेख नभएको बताएका छन्।

‘त्यस्ता देशहरूबाट खुला आप्रवासन स्वीकार गर्न सक्दैनौं,’ ट्रम्पले भिडिओ सन्देशमा भनेका छन्।

अमेरिकाको यो घोषणापछि सोमालियाले तत्कालै सुरक्षा मुद्दाहरू सम्बोधन गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएको रोयटर्सले लेखेको छ।

‘सोमालिया अमेरिकासँगको लामो सम्बन्धलाई महत्त्व दिन्छ र सुरक्षाको दृष्टिले उठाइएका चिन्ताहरूलाई सम्बोधनका लागि संवाद गर्न तयार छ,’ सोमाली राजदूत दाहिर हसन अब्दीले विज्ञप्ती जारी गरेर भनेका छन्।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब