ऋण मिलाइदिएबापत चौहत्तर लाख घुस

  • जेठ २७, २०८२ | ४३९ पटक पढिएको | सीमा संदेश
alt

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैङ्क लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

बैङ्कबाट प्रवाह हुने ऋण प्रक्रियामा सहजीकरण दिने भनी घुस लिएको आरोपमा आयोगले अधिकारीलाई तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार अधिकारीले तीन वटा फरक फरक व्यापारिक समूहलाई बैङ्कबाट ऋण प्रवाहमा सहजीकरण गरिदिएबापत घुस लिएका थिए । 

अध्यक्ष अधिकारीसमेतको संलग्नतामा रुपन्देही सिद्धार्थनगर–१, बेलहियामा भुसाल हस्पिटालिटी अन्तर्गतको र्‍याडिसन प्रोजेक्टलाई एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपियाँ ऋण प्रवाहमा सहजीकरण गरिदिएबापत १९ लाख रुपियाँ घुस लिएको आरोप छ । आयोगले २०८१ माघ २३ गते घुसबापत लिएर सटही गरेको चेकको विवरण, ट्रान्सफर गरिएको रकमको विवरणसमेतका कागजात अधिकारीको घरबाट बरामद गरेको थियो । 

त्यस्तै तनहुँको आँबुखैरेनीमा रहेको अकलादेवी टे«डर्सलाई २५ करोड रुपियाँ ऋण दिलाइदिएबापत ५० लाख रुपियाँ घुस लिएको आरोपमा दोस्रो मुद्दा दायर भएको छ । त्यस्तै काठमाडौँ महानगरपालिका–३२ मा रहेको हिमाल–तराई कन्स्ट्रक्सनलाई पनि ऋण प्रवाह गरिदिन्छु भन्दै पाँच लाख रुपियाँ घुस लिएको 

आरोपमा तेस्रो मुद्दा दायर भएको छ । आयोगले अधिकारीसहित यस कार्यमा संलग्न विभिन्न व्यक्तिलाई घुस लिएबापतको रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ । 

इन्जिनियरले गरे चार करोड भ्रष्टाचार!

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले कोइरीलाई पदीय दुरुपयोग गरी चार करोड ५८ लाख ९७ हजार रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । आयोगले कोइरी महानगरपालिकामा सार्वजनिक पद धारण सुरु गरेको मिति २०४६ वैशाखदेखि २०७९ फागुनसम्मको आम्दानी र अन्यत्र भएको लगानी तथा खर्चको विवरण तुलना गरेको थियो । 

अध्ययनक्रममा कोइरीले चार करोड ५८ लाख ९७ हजार रुपियाँ बढी रकम आम्दानी भएको देखिएकाले सोही रकमबराबर बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

किसानलाई वितरण गरिने स्प्रे ट्याङ्की खरिदमा अनियमितता गरेको आरोपमा उहाँहरूविरुद्ध मुद्दा दायर गरिएको हो । उक्त ट्याङ्की खरिदका लागि बोलपत्र आह्वानसम्बन्धी सूचना पत्रिकामा प्रकाशन नगरी प्रकाशन गरिएको भन्ने झुटो व्यहोराको कागजपत्र तयार गरेर रकम निकासा गरेको आयोगले जनाएको छ । 

यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले नगरपालिकाका तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोस्टका सम्पादक ओमप्रकाश यादव, सोही पत्रिकाका प्रकाशक रुपेन्द्र पटेल, जनसवाल प्रालि तथा त्यसका सम्पादक रामजी बगालेविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

प्रतिवादीलाई फरक फरक बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको आयोगले जनाएको छ । यसैबिच पर्सा जिल्लाको रामदेनी आधारभूत विद्यालयमा कार्यरत निम्नमाध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक चन्देशकुमार चौहानविरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर रोजगारीमा लागेको आरोपमा चौहानविरुद्ध मुद्दा दायर गरिएको हो । चौहानलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएको छ । 

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब