लागुऔषधसहित प्रहरी जवान पक्राउ

  • जेठ २९, २०८२ | ३१४ पटक पढिएको | सीमा संदेश
alt

धनगढीमा लागुऔषध खैरो हेरोइनसहित एकजना प्रहरी जवान पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत २७ वर्षीय चिरञ्जीवी बिसीलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् । केही दिनअघि मात्र धनगढीको त्रिनगर प्रहरी चौकीमा कार्यरत एक जवान पनि लागुऔषध सेवन गरेको अवस्थामा प्रक्राउ परेका थिए । उनको साथबाट लागुऔषध बरामद नभएपछि प्रहरीले पक्राउबारे सार्वजनिक गरेको थिएन ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले मंगलबार लागुऔषध मुद्दामा सातजनालाई पक्राउ गरेको छ। धनगढी, गोदावरी र घोडाघोडी नगरपालिकाबाट लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका सबैबाट २७ ग्राम ३८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

घोडाघोडी नगरपालिका– १ का उमेशनाथ योगी, विनोद परियार, नवीन मिजार, दिनेशबहादुर विष्ट र घोडाघोडी– २ का मुकेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। त्यस्तै, गोदावरी– १ का कमल रिजाललाई पनि प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब