नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्‍यौँ’

  • जेठ ३०, २०८२ | २१६ पटक पढिएको | सीमा संदेश
alt

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण ‘इरानको आणविक संवर्द्धन कार्यक्रमको मुटुमा प्रहार’ भएको बताएका छन्।

उनका अनुसार इजरायलले इरानको तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतान्ज सहरस्थित प्रमुख युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण गरेको हो। नेतन्याहुले भने, ‘इजरायलले इरानी बममा काम गरिरहेका वैज्ञानिकहरूलाई पनि लक्षित गर्‍यो।’ 

नेतन्याहुले ‘अप्रेसन राइजिङ लायन’ नाम दिइएको कारबाहीको घोषणा गर्दै भने, ‘केही समयअघि इजरायलले इरानी खतरा हटाउनका लागि लक्षित सैनिक अपरेसन सुरु गरेको छ। यो अपरेसन तबसम्म चल्नेछ, जबसम्म खतरा हट्दैन।"

उनका अनुसार हालैका महिनाहरूमा इरानले ‘कहिल्यै नचालेका कदमहरू’ चालेको छ, जसले समृद्ध युरेनियमलाई हतियारमा परिणत गर्न सक्ने खतरा देखिएको छ।

‘यदि यो रोकिएन भने, इरानले एक वर्षभित्र, वा त्यसभन्दा पनि छोटो समयमै आणविक हतियार बनाउन सक्छ। यो इजरायलको अस्तित्वका लागि प्रत्यक्ष र तत्कालको खतरा हो,’ नेतन्याहुले चेतावनी दिए।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब