४६ अर्बको बजेट ल्याउँदै मधेश सरकार

  • असार १, २०८२ | ४४२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आज बजेट प्रस्तुत गर्दै छ । बजेट प्रस्तुतको लागि आज अपराह्न ४ बजे मधेश प्रदेश सभाको बैठक डाकिएको छ।

आगामी आर्थिक वर्षको लागिएको मधेस सरकारले ४६ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ । गत वर्षभन्दा २ अर्बभन्दा बढी बजेट ल्याउन लागेको स्रोतको दाबी छ ।

मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी रहेको छ ।

गत वर्ष सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो।

मधेश सरकारले यस वर्ष पनि सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार निर्माणको लागि ल्याउन लागेको हो ।

गत जेठ २३ गते मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार नै बजेट विनियोजन गरी ल्याउन लागेको एक अधिकारीले बताए ।

मधेश सरकारले यसपटक सांसदलाई अघोषित रूपमा पाँच करोडसम्मको बजेट दिन लागेको छ ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब