डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खामेनीलाई आत्मसमर्पण गर्न सुझाव

  • असार ४, २०८२ | ३१९ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खामेनीलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन् ।

ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता खामेनीलाई विना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टु्रथ सोसलमा इरानको बारेमा पोस्ट गर्दै नेता खामेनीबारे अमेरिका पूर्ण रुपमा जानकार रहे पनि तत्कालका लागि उनको ज्यान सुरक्षित रहेको उल्लेख गरे । उनले नेता खोमिनीलाई मार्न सजिलो रहे पनि अहिले केही नगर्ने दाबी गरेका छन् ।

इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ । धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन् । तर धेरैले अन्य कुनै पनि ठाउँ सही नभएको बताउन थालेका छन् । केही समयअघि गरेको एक अर्को पोष्टमा उनले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरिसकेको बताएका थिए ।

इरानसँग राम्रा स्काई ट्रयाकर र अन्य रक्षात्मक उपकरणहरू धेरै रहेको उनले बताएका छन् । तर, त्यो अमेरिकामा बनेका, अमेरिकी डिजाइन र अमेरिकी निर्माणको तुलनामा कमजोर रहेको ट्रम्पको भनाइ छ । शुक्रबारदेखि इजरायलले इरानमा आक्रमण गरेपछि चलिरहेको युद्धमा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा नै प्रहार गरेको जनाएको छ ।

इजरायलले इफाहान लगायत इरानको तीन आणविक केन्द्रमा आक्रमण गरिरहेको छ । अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहायता र उपकरण प्रदान गर्दै आएको छ । तर इरानमाथिको पछिल्लो आक्रमणमा अमेरिका संलग्न नरहेको ट्रम्पले स्पष्ट पारेका छन् । अमेरिकाले इजरायलको जेरुसेलमस्थित उसको दूतावास इरान इजरायलबीचको जारी द्वन्द्वका कारण बुधबारदेखि शुक्रबारसम्म बन्द गरेको छ ।

अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना कर्मचारी र परिवारलाई अर्को सूचना नभएसम्म घरभित्रै सुरक्षित बस्न भनेको हो । यसैबीच अमेरिकी लडाकू जेटहरू इङ्ल्यान्डको पूर्वी क्षेत्रमा रहेको रोयल एयर फोर्स लेकनहिथ अड्डाबाट उडेका छन् । कम्तिमा एफ–३५ लडाकू जेटहरू रोयल एयर फोर्स लेकनहिथ अड्डाबाट उडान भर्दै गरेका देखिएका अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब