इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्यक्रम बन्द नहुने, तेहरान हल्लाएको दाबी

  • असार ११, २०८२ | ४५४ पटक पढिएको | सीमा संदेश
alt

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम भएको थियो। दुवै देशले यसको पुष्टि गरेका छन् र यो युद्धमा आफ्नो विजयको दाबी पनि गरेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले इरानविरुद्ध ऐतिहासिक विजय हासिल गरेको बताएका छन्, जुन पुस्तौंसम्म याद रहने उनको दाबी छ। उनले भने, ‘हामी सिंहजस्तै उठ्यौं र हाम्रो गर्जनले तेहरानलाई हल्लायो।’

अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशले आणविक कार्यक्रम नरोक्ने स्पष्ट पारेका छन्। उनले भने, ‘हामीले यो प्रविधि प्राप्त गर्न धेरै कडा परिश्रम गरेका छौं। हाम्रा वैज्ञानिकहरूले त्याग गरेका छन्।’

युद्धविरामपछि इरानको राजधानी तेहरानमा विजय उत्सव कार्यक्रम आयोजना गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मंगलबार बिहान सामाजिक सञ्जालमार्फत दुई देशबिच युद्धविराम भएको जानकारी दिएका थिए। सीएनएनले एक गोप्य अमेरिकी रिपोर्टलाई उद्धृत गर्दै इरानको आणविक स्थलहरूमा अमेरिकी हवाई आक्रमणपछि उसको आणविक कार्यक्रमको मूल नष्ट नभएको बताएको छ।

एक गोप्य स्रोतले सीएनएनलाई बताएअनुसार यो आक्रमणले इरानको आणविक कार्यक्रमलाई केही महिनामात्र पछि धकेलेको छ। तर, ट्रम्पले आक्रमणलाई ठूलो सफलताको रूपमा वर्णन गर्दै इरानको आणविक केन्द्रहरू पूर्णरूपमा ध्वस्त भएको दाबी गरेका छन्। एजेन्सी

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब