चुरेका नांगा डाँडामा हरियाली अभियान

  • असार १५, २०८२ | ७३६ पटक पढिएको | सीमा संदेश
alt

चुरे क्षेत्रमा पर्ने सिरहाको लहान नगरपालिका १५ ढोढना बानोस्थित झौवाई खोल्सी चुडिया डाँडा सामुदायिक वन क्षेत्रमा शनिबार विभिन्न प्रजातिका करिब एक हजार पाँच सय थान बिरुवा रोपिएको छ ।

राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर ‘एक नागरिक एक बिरुवा रोपण महाअभियान’ अन्तर्गत लहानस्थित डिभिजन वन कार्यालयको आयोजनामा शनिबार बिहान टिक, जमुना, गुलमोहर, अम्बा, महगनी प्रजातिका करिब एक हजार पाँच सय वटा बिरुवा रोपिएको डिभिजन प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए । बृक्षारोपणको थालनी गर्दै उनले बढ्दो वातावरणीय क्षति रोक्न, चुरेको संरक्षण र समुदायका लागि बोटबिरुवा आवयक भएकाले रोपिएको बिरुवाको संरक्षण गरी त्यसको लाभ लिन आग्रह गरे । 

सामुदायिक वन उपभोक्ता महासंघ सिरहाका अध्यक्ष चन्देश्वर साहले रोपिएको बिरुवाको संरक्षण र हेरचाह महत्वपूर्ण हुने भएकाले वन समूहको पहलमा आम उपभोक्ताले त्यसको जिम्मेबारी लिन आग्रह गरे । रोपिएको बिरुवालाई जोगाउन बर्खा नहुञ्जेल उपभोक्ताहरुको पालो मिलाएर पानी हाल्ने, तारबार गर्ने काम समेत थालिएको वन समूहका अध्यक्ष लगनलाल चौधरीले बताए । उनका अनुसार २७७.९८ हेक्टर क्षेत्रफल रहेको वन क्षेत्रको करिब १० हेक्टर खाली भागमध्ये तीन हेक्टर क्षेत्रमा बिरुवा रोपिएको हो । 

दिवसको सन्दर्भमा जिल्लाका छ वटा सव डिभिजन अन्तर्गत पर्ने सामुदायिक वन क्षेत्रमा शनिबार एकै पटक स्थानीय वन उपभोक्ताहरुसँग मिलेर विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा सव डिभिजन अन्तर्गत पर्ने ठाउँहरुमा आठ लाख ८५ हजार बिरुवा उत्पादन गरी रोप्नका लागि सामुदायिक वन समूह, निजी वन, कृषकहरुलाई वितरण गरिरहेको डिभिजनले जनाएको छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब