भगवान् राम ठोरीमा जन्मेको दाबीपछि प्रधानमन्त्री ओलीको अर्को अनुमान–भगवान् शिव हलेसीतिरैका चाम्लिङ हुन सक्छन्

  • असार २४, २०८२ | ५०७ पटक पढिएको | सीमा संदेश
alt

प्रधानमन्त्री केपी ओलीले भगवान् शिव खोटाङको हलेसी क्षेत्रका चाम्लिङ समुदायसँग सम्बन्धित हुन सक्ने टिप्पणी गरेका छन् । यस अघिदेखि  नै उनले भगवान् राम चितवनको ठोरीमा जन्मिएको दाबी गर्दै आएका छन् । सोमबार एमाले केन्द्रीय पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले हलेसी क्षेत्र चाम्लिङको भएको र त्यस क्षेत्रका ओडारमा शिवजी खेलेको कथ्य हुनाले आफूले अनुमान गरेको बताए ।

‘वेदव्यास तनहुँका र कपिलमुनि कपिलवस्तुका थिए । सिद्धार्थ गौतम लुम्बिनीका थिए । शिवजीले खेलेका ओडारहरूलाई हामी हलेसी भन्छौँ । कहिलेकाहीँ शिवजी चाम्लिङ थिए कि क्या हो जस्तो लाग्छ ! हलेसी चाम्लिङको थलो हो,’ प्रधानमन्त्री ओलीले भने, ‘शिवजी चाम्लिङ पनि हुन सक्छन् । त्यसमा म दाबी गर्दिनँ, यो कुनै दाबी होइन । तर, अनुमान हो । अथवा अर्कै थोक पनि हुन सक्छ । पछि माइग्रेट वा अरू चिजले मिक्सअप भएको पनि हुन सक्छ । तर, भेग त त्यही हो ।’

‘राम नेपालमै जन्मिएको प्रचार गर्न डराउनुपर्दैन’
प्रधानमन्त्री ओलीले भगवान् राम नेपालमै जन्मिएको दाबी दोहो¥याउँदै प्रचार गर्न डराउनु नपर्ने पनि बताए । यसअघि पनि चितवनको ठोरीमा राम जन्मिएको दाबी गरेर त्यस क्षेत्रलाई रामको जन्मभूमिका रूपमा विकास गर्नुपर्ने बताएका उनले सोमबार त्यस्तै दाबी दोहो¥याएका हुन् । ओलीले पाँच वर्षअगाडि अधोध्या नेपालमै पर्ने बताएका थिए ।

‘त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर । राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ त्यो ठाउँ । उतिवेला पनि नेपालमै थियो भन्दिनँ म । के थियो के थिएन । ...अहिले त्यो भूभाग नेपालमा पर्छ,’ ओलीले भने, ‘राम भगवान् हुन् भन्ने मान्नु–नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान् मान्छ, उसका लागि राम जन्मभूमि पवित्र ठाउँ हो । हामी यति प्रचार गर्न सक्दैनौँ, यति भन्न सक्दैनौँ, यति आँट गर्दैनौँ । अप्ठ्यारो लाग्छ, को रिसाउँछ जस्तो लाग्छ ।’

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब