एकै दिनमा साढे ३८ अर्ब रूपैयाँको भुक्तानी !

  • असार २६, २०८२ | ४३० पटक पढिएको | सीमा संदेश
alt

सरकारले  एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत: चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो।

सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। कानुनले विभिन्न परिस्थितिमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको बाहेक अब भुक्तानी रोकियो,’ अर्यालले भनिन्।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार थाती रहेका सबै प्रकारका भुक्तानी फरफारक  गरिएको कारण एकै दिन ठूलो रकम निकासा भएको हो। गत वर्ष पनि भुक्तानी गर्न पाउने अन्तिम दिन साढे २१ अर्ब रूपैयाँ निकासा भएको थियो।

महालेखाको तथ्यांकअनुसार बुधबार १४ अर्ब ९३ करोड रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ। त्यस्तै २१ अर्ब ७३ करोड रूपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ।

सार्वजनिक ऋणको सावाँ भुक्तानी र संस्थानहरूमा गरिने लगानीका लागि विनियोजन गरिएको वित्तीय व्यवस्थापन खर्च बुधबार मात्रै एक अर्ब ९४ करोड भुक्तानी भएको छ।

चालु वर्षमा हालसम्म भएको खर्चमा बुधबार मात्रै गरिएको भुक्तानी साढे २ प्रतिशतभन्दा धेरै छ।

चालु वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो।  १५ खर्ब ५ अर्ब रुपैयाँको खर्च भएको छ।

पुँजीगत खर्चको भुक्तानी भने एकै दिनमा ११.२८ प्रतिशत बढी भएको छ।

यो वर्ष सरकारले तीन खर्ब ५२ अर्ब रुपैयाँ मात्रै पुँजीगत बजेट विनियोजन गरेको थियो।  २ खर्ब ८ अर्ब रुपैयाँ खर्च भएको छ। यसमध्ये बुधबार एकै दिनमा २१ अर्ब ७३ करोड पुँजीगत खर्चको बिल भुक्तानी भएको छ।

अहिलेसम्म सरकारको पुँजीगत बजेट कार्यान्वयन ५९ प्रतिशत मात्रै पुगेको छ।

यो वर्षलाई ११ खर्ब ४० अर्ब चालु खर्च छुट्याइएकोमा ८५.८२ प्रतिशत खर्च भएको छ। त्यस्तै तीन खर्ब ६७ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन बजेटमा ८६ प्रतिशत  खर्च भएको छ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब